नक्कली बमको आतंक !

275
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (ओएनएस) । मुलुकको सम्पुर्ण ध्यान यतिबेला नयाँ बानेश्वरमा रहेको संविधानसभातर्फ छ । पहिलो संविधानसभाले संविधान नबनाई विघटन भएपछि पुन संविधानसभाबाटै संविधान बनाउने भन्दै दोस्रो निर्वाचनमार्फत यतिबेला संविधान निर्माणको काम सुरु भएको छ । यही संविधान बनाउने ठाउँको बाहिर बुधवार विहानै नक्कली बम आंकत छाएको छ ।
संविधानसभाको ३ नम्बर गेट बाहिर पुरानोबानेश्वर तिर जानेबाटोमा एउटा पुरानो झोलाभित्र तारसहितको प्रेसर कुकर फेला प¥यो । उक्त प्रेशर कुकर बम भनेर नयाँ बानेश्वर क्षेत्रमा तनाव भएको थियो । उक्त शंकास्पद बस्तु फेला परेपछि स्थानीयले तत्काल सुरक्षा निकायलाई खवर गरेका थिए । त्यसको केही समय पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा उक्त शंकास्पद बस्तु बम नरहेको तथ्य बाहिर आएको थियो ।
कसैले तस्र्याउनकालागि खाली प्रेशर कुकर राखेको बानेश्वर बृत्तका डिएसपी रामेशकुमार तामाङले जानकारी दिए । घटनास्थलमा विभिन्न ९ बुँदे मागपत्रसहितको दलित मुक्ती फोर्शको पर्चा भेटिएको छ । नेपाली सेनाको टोलीले उक्त शंकास्पद बस्तुलाई नष्ट गरेको छ । काठमाडौं, २१ जेठ । सबैले अपनत्व महशुस गर्नसक्ने संविधान निर्माण गर्न संविधानसभा बाहिर रहेका दल र सरोकारवालाको पहिचान गरी अविलम्ब वार्ता गर्न सभासदहरुले माग गरेका छन् । बुधवार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सदस्यहरुले नयाँ संविधानलाई सबैले अपनत्व महशुस गर्नसक्नेगरी संविधानसभा बाहिर रहेका दल, पक्ष र सरकोकारवालाको पहिचान गरी अविलम्ब वार्ता गरी उनीहरुको भावना संविधानमा समेट्न जोड दिएका छन् ।
संविधानसभाबाहिर रहेका दल, सरोकारवाला र पक्षहरुसँगको अध्ययन गर्न गठित पुर्णबहादुर खड्का संयोजक रहेको उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष पेश गरिसकेको छ । उपसमितिले पेश गरेको प्रतिवेदनमाथि सदस्यहरुले प्रश्न गरेका थिए । उनीहरुले संविधानसभा बाहिर रहेका राजनीतिक दललाई संविधान निर्माणमा कसरी सहभागी गराउने र त्यसकालागि वार्ता र संंवाद प्रक्रियाको थालनी के कस्तो गरी अगाडि बढाउँदा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।
संविधानसभा बाहिर रहेका राजनीतिक दलहरुको पहिचान एवं कार्यविधि तर्जुमाका विषयमा प्रतिवेदन तयार पार्न समितिले पुर्णबहादुर खड्काको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो । वार्ताका क्रममा सुरक्षा संवेदनशीलताको पाटो निकै महत्वपुर्ण हुने भएकाले कुन दलसँग कस्तो व्यवहार गर्ने र वार्ताकालागि कस्तो तरिका अपनाउने भन्ने विषयमा विगतका वार्तामा अपनाइएको सावधानीसहित समितिलाई खडकाले जानकारी गराएका थिए । बैठकमा संविधानसभाबाट समितिमा पठाइएको राष्ट्रिय हित र न्यायप्रणालीका असहमतिका विषयलाई प्रवेश गराइएको छ । ती विषयका अन्र्तबस्तुका बारेमा अब बस्ने समितिको बैठकमा छलफल हुने समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।

  •  
  •  
  •