१८ टन ग्यास बोकेको बुलेट दुर्घटना, दुई भारतीय घाइते

302
  •  
  •  
  •  

काठमाडाैँ, १२ बैशाख (अाेएनएस) : १८ टन ग्यास बोकेको बुलेट सडकबाट तल पल्टिएर दुर्घटना हुँदा दुई भारतीय घाइते भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास–१२ कमलबारीमा बुधबार बिहान एलपी ग्यासको बुलेट दुर्घटना भएकाे हाे। दुर्घटनामा परी चालक र सह-चालक घाइते भएका छन्।

घाइते हुनेमा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सह–चालक २१ वर्षीय नितेश कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त ग्यास बुलेट दुर्घटना भएपछि १८ टन ग्यास उडेको प्रहरीले अुनमान गरेको छ । पल्टिएको बुलेटमा आगलागी हुनेसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले घटनास्थलमा उच्च सतर्कता अपनाएको छ ।

उनीहरुको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । भारतबाट पोखरा जाँदै गरेको एमएलओ १ एए ०१०१ नम्बरको एलपी ग्यास बुलेट अनियिन्त्रत भइ सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।


  •  
  •  
  •