इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

213
  •  
  •  
  •  

एजेन्सी । इन्डोनेसियाको पूर्वी भेगमा सोमबार शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भौगर्भिक सर्भेका अनुसार ७.३ म्याग्नीच्यूडको भूकम्प गएको हो ।

दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।
सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको जनाइएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो ।
जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराइमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ ।


  •  
  •  
  •