अस्पतालको इमरजेन्सी कक्षमा भैसी छिरेपछि…

677
  •  
  •  
  •  

काठमाडौ, १४ मंसिर(ओएनएस) : सामान्यतयाः अस्पतालमा मानिसहरू उपचारका लागि जाने गर्छन्, तर बुद्धनगरको हेम्स अस्पतालमा भैसी छिरेपछि अस्पतालमा केहीबेर आंतक नै मच्चिएको छ । आज बिहान पौने ११ बजेतिर एक भैसी अस्पतालमा छिरेपछि अस्पतालमा रहेका बिरामी र अन्य मानिसहरू आतंकित भएका छन् ।

buffalo-enter-into-hospitalहेम्स अस्पतालको इमरजेन्सी कक्षमा भैसी छिरेको थियो । मान्छेलाई देख्ने वित्तिकै हान्न आउने भैसी अस्पतालको इमरजेन्सीदेखि वार्डमा समेत भैसी पसेपछि बिरामीको भागाभाग भएको थियो ।

यसपछि १८ जनाको प्रहरीको टोलीले उक्त भैसीलाई नियन्त्रण लिने प्रयास गर्दा पनि भैसी नियन्त्रण गर्न सकेन । जेनेरेटर कोठामा पसेको भैसीलाई बाहिर निस्निक नदिन महानगरपालीकाको गाडीले ढोका थुनेपछि टिनको पाता निकालेर प्रहरीले गोली नै चलाउनु परेको थियो । घाइते अवस्थामा अस्पताल पसेको भैसीलाई अन्ततः प्रहरीले टाउको दुई राउण्ड गोली हानेर मारेको थियो ।

buffalo-enter-into-hospital1भैसी मारेपछि महानगरपालीकाको जिम्मा लगाइएको छ । प्रहरी र अस्पताल प्रशासनले भैसी ललितपुरको कुम्भेश्वरबाट आएको अनुमान गरेको छ । कुम्भेश्वरमा भैसी काट्ने वधशाला छ ।

buffalo-enter-into-hospital2 buffalo-enter-into-hospital4


  •  
  •  
  •