बजेट प्रभावकारी कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

127
  •  
  •  
  •  

काठमाडौँ, १६ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने बताएका छन् ।

पर्यटन मन्त्रालयले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयन गर्नेमा शंका नगर्न समेत सबैलाई आग्रह गरेका छन् । नीति तथा कार्यक्रमअनुसार नै बजेट आएकाले पनि प्रभावकारी रूपमा कार्यान्वयन हुने उनको भनाई छ ।

उनले आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई उत्साहित बनाएको भन्दै मुलुकको विकासलाई तिब्रता दिने लक्ष्य लिएर बजेट ल्याइएको बताएका छन् ।

बजेटले देशको विकासको कार्यलाई नयाँ ढंगबाट अगाडि बढाउने विश्वास व्यक्त गर्दै हरेक क्षेत्रमा बजेटले उत्साह थपेको दावी गरेका छन् ।


  •  
  •  
  •