नीति तथा तथा प्राथमिकता अझै पारदर्शि बनाउः फ्रिडम फोरम

219
  •  
  •  
  •  

काठमाडौं, २९ जेठ (ओएनएस): फ्रिडम फोरमले अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक बर्ष २०७१/७२ को विनियोजन विधेयक प्रस्तुत गरि संसदभित्र पूर्वबजेट छलफलको वातावरण निर्माण गरेको विषय सकारात्मक भएको जनाएको छ ।

फोरमले प्रेस विज्ञप्ति जारी गर्दै बजेटको नीति तथा तथा प्राथमिकता अर्थ मन्त्रालयले आफ्नो वेभसाइटमा पनि राखेकोले आम नागरिकलाई पूर्वबजेट छलफलमा प्रत्यक्ष र परोक्ष रुपमा सहभागि हुने अवसर प्राप्त भएको स्पष्ट पारेको छ । संसदमा बजेट प्रस्ताव पेश हुनुभन्दा कम्तिमा १ महिना अगाडि पूर्वबजेट विवरण निर्माण गरि नागरिकका लागि पनि सार्वजनिक गरिनुपर्ने भन्दै सरकारले लिएको अग्रसरता सकारात्मक भएपनि अझै अपुरो भएको फोरमको भनाई छ ।

अर्थमन्त्री महतले संसदमा पेश गरेको “विनियोजन विधेयक २०७१ का सिद्धान्त र प्राथमिकता” शिर्षकको दस्तावेजमा विगत बर्षहरुको बजेट कार्यान्वयन गर्दाका सरकारी अनुभव र सामना गर्नुपरेको चुनौति, समष्टिगत आर्थिक अवस्थाको तत्थ्यपूर्ण विष्लेषण र सो बारे सरकारको दृष्टिकोण, दीर्घकालीन आर्थिक तथा वित्तीय नीति र उद्देश्यसँग आगामी आर्थिक बर्षको नीतिको सामञ्जस्यतालगायतका विषय नभएको स्पष्ट पारेको छ ।

नाममात्रको पूर्व बजेट छलफलको परम्परागत अभ्यासका स्थानमा सरकारले संसदमा पेश गरेको नीति तथा प्राथमिकतामा रहेर संसदभित्र मात्र नभई र आम नागरिकवीच समेत हुने पूर्वबजेट छलफलले बजेट प्रक्रियामा सुधारको ढोका खोलेको फोरमले जनाएको छ ।


  •  
  •  
  •