बैशाख २१ गते संसद अधिवेशन गर्न सरकारको सिफारिस

221
  •  
  •  
  •  

काठमाडौँ, १४ बैशाख(ओएनएस) : सरकारले आगामी बैशाख २१ गते संसद अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । बजेट अधिवेशन बैशाख २१ गते बिहान ११ बजेबाट सुरू गर्न सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिएका छन् ।

यस्तै, बैठकले झुटो विवरण पेश गरेर रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीयको नागरिकता खारेज गरेको छ । नागरिकता खारेज हुनेमा भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्र छन् ।

साथै, सरकारले १२ सहसचिवहरुको पदस्थापन पनि गरेको छ ।

दुर्जकुमार राई सशस्त्रको महानिरीक्षकमा नियुक्त

 


  •  
  •  
  •