संसदको बैठकमा बजेटको छलफल आजदेखि

220
  •  
  •  
  •  

काठमाडौं १७ जेठ (ओएनएस ) : व्यवस्थापिका संसदको बैठकमा आज सत्तापक्ष र प्रतिपक्ष दलहरु आमुने सामने हुने भएका छन् । आर्थिक बर्ष २०७३÷०७३ को बजेटका विषयको छलफलमा क्रममा दोहोरि चल्ने देखिएको छ । बजेटमा आजदेखि व्यवस्थापिका संसदको बैठक छलफल हुने भएको छ ।

नेकपा छलफलका क्रममा एमालेले आरोपहरुको प्रतिवाद गर्ने, नेकपा माओवादी केन्दैले आलोचनात्मक समर्थन गर्ने र नेपाली कांग्रेसले बजेटको अुला आलोचना गर्ने रणनीति तय गरेका छन् । बजेटका विषयमा सांसदहरुले आफ्ना भनाईहरु राख्ने भएका छन् ।

विहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेपछि संसदमा टेबुल गरेको बैठकमा विभिन्न दलका तर्फबाट सांसदहरुले भनाई राख्नेछन् । आजदेखि १९ गतेसम्म संसद बैठकमा नयाँ बजेटबारेको छलफलमा सांसदहरुले धारणा राख्नेछने । सांसदहरुले धारणा राखेपछि छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।


  •  
  •  
  •