काठमाडौं, २८ असार (ओएनएस) । सरकारले व्यबस्थापिका संसदमा पेश गरेको बजेटमा कुनैपनि नयाँपन नभएको भन्दै आलोचना गरेका छन् । बजेट देशका समस्या र जनताका आबस्यकता पूरा गर्न असफल रहेको उनिहरुको टिप्पणी थियो ।
संसदमा बजेट पेश भएपछि पत्रकारहरुसंग कुरागर्दै विपक्षी दलका नेतारुले बजेट पुरानै कार्यक्रमको निरन्तरता भएको आरोप लगाएका हुन् । ‘देशका समस्या र अबस्यकता पूरागर्न बजेट मौन छ, पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराइले भने–बजेट पुरानै कार्यक्रमको निरन्तरता मात्र छ ।’
सरकारले दावी गरेको ६ प्रतिसतको आर्थिक बृद्धिदरको अपेक्षा हावादायी भएको भट्टराइको आरोप थियो । ‘१८ प्रतिसतको पूजीगत खर्चले काही ६ प्रतिसतको आर्थिक बृद्धिदर हासिल हुन्छ ?, उनने प्रतिप्रश्न गरे ।’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बजेटले महंगी, बेरोजगारी जस्ता जनताका समस्या संवोधन गर्न असफल रहेको बताए । ‘नितान्त सस्तो लोकप्रियतामा आधारित देखिन्छ, उनले भने–बजेट काम चलाउ मात्र छ ।’