सिएनआइद्वारा बजेटको स्वागत

219
  •  
  •  
  •  

 काठमाडौं ३१ असार(ओएनएस) । नेपाल उद्योग परिससङ्घ (सिएनआई) ले बजेटलाई निजी क्षेत्रमैत्री भएको भन्दै स्वागत गरको छ ।

बजेटले लगानी प्रबद्र्वन,औद्योगिक पुर्वाधारको विकास,उर्जा सङकट समाधान,विशेष आर्थिक क्षेत्र(सेज) विस्तार तथा जलविद्युत र सडक जस्ता पूर्वाधारलाई प्राथमिकतामा राखेको भन्दै परिसङले प्रशंसा गरेको छ ।

बजेटले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन खोजेको सिएनआइले बताएको छ ।

साथै बजेटमा ल्याउने भनिएको औद्योगिक व्यवसाय ऐन, सेज ऐन,विदेशी लगानी तथा प्रविधि हस्ताण्तरण ऐनलगायत व्यवसायमैत्री कानुन ३ महिना भित्र पुरा गर्न सुझाव दिएको छ । त्यस्तै आयमा छुट सिमा बृद्वि,चिया उद्योगलाई ५० प्रतिशत भ्याट छुट कार्टेलिङ र सिन्डिकेट विरुद्वको कडाइलगायतका व्यवस्था गरेकोमा पनि सिएनआइले प्रशंसा गरेको छ ।


  •  
  •  
  •