‘बजेट विकासोन्मुख र सकारात्मक’

223
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (ओएनएस) नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले आर्थिक वर्ष २०७१/०७२ को बजेट विकासोन्मुख भएको बताएको छ । अर्थमन्त्री डा. रामशरण महतले आइतबार संसदमा प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरुको सम्बोधन गरेकोले यसले मुलुकमा लगानीको वातावरण सिर्जन गर्ने बताएको छ ।

लगानीमैत्री वातावरण सिर्जना र ऊर्जा संकट समाधान गर्ने बजेटको उद्देश्य भएकोले यसले निजी क्षेत्रमा उत्साह जगाएको सङ्घका महासचिव बिनोदकुमार सेठीयाले बताए । त्यस्तै ऊर्जा क्षेत्रमा ल्याइएका केही कार्यक्रम सकारात्मक भएको सङ्घले जानकारी दिएको छ । ‘प्रति मेगावाट विद्युत उत्पादन गर्ने आयोजनालाई ५० लाख छुट दिने प्रस्ताव प्रशंसनीय छ’ महासचिव सेठियाले भने ।

त्यसैगरी २३ अर्ब १० करोड रूपैयाँ बजेट विनियोजन गरेर कृषि क्षेत्रकोे उच्च मूल्यांकन गरेका सङ्घको भनाई छ । साथै उक्त क्षेत्रको लगानीमा ६ प्रतिशतको ब्याज व्यवस्थाले कृषकहरुलाई समेत उत्साहित गरेको छ ।

उद्योग व्यापार र उपभोक्तामा पर्न जाने नकारात्मक मूल्यवृद्धिको प्रमुख कारण सिन्डिकेट प्रथा अन्त्य गर्ने प्रतिबद्धताले निजी क्षेत्रमा उत्साह छाएको सङघले जानकारी दिएको छ ।


  •  
  •  
  •