काठमाडौं, २६ असार (ओएनएस) । मुलुकको अर्थतन्त्र ६ वर्षपछि पाँच प्रतिशतले बढेको छ । अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकमा यस वर्षको आर्थिक सर्वेक्षण सार्वजानिक गर्दै आर्थिक बृद्धिदर बढेको जानकारी गराए ।
कृषि क्षेत्रमा ४ दशमलव ७ र गैर कृषि क्षेत्रमा ६ दशमलव १ प्रतिशत वृद्धि भएको सरकारले जनाएको छ । नेपालको भुक्तानी सन्तुलन बढेर १ सय २ अर्ब पुगेको छ । विदेशी मुद्रा सञ्चिती ११ महिनाको आयात धान्न पुग्ने रहेको अर्थमन्त्री महतले बताए । विगत वर्षको तुलनामा कुल निर्यात १९ प्रतिशतले बढे पनि आयात झन बढि २२ प्रतिशतले बढेको छ ।
दश महिनामा व्यापार घाटा बढेर ४ सय अर्ब पुगेको छ । यसैबीच, नयाँ आर्थिक वर्षको बजेट २९ असारमा सार्बजानिक हुने भएको छ ।