रक्षा रेग्मी
काठमाडौं,२५ असार (ओनएस) । सत्ता साझेदार दोस्रो ठूलो दल नेकपा एमालेको महाधिवेशन लम्विदै जाँदा बजेट आउन ढिलाई हुने भएको छ । अर्थ मन्त्रालयले असार २७ गते नयाँ बर्षकोे बजेट ल्याउने तयारी गरेपनि दोश्रो ठूलो पार्टी एमालेका नेता महाधिवेशन तिरै व्यस्त भएपछि बजेट आउन ढिला हुने भएको हो । सरकारले असार मसान्त अगावै बजेट ल्याउने तयारी गरिरहेको छ ।
बजेट आउन अझै दुई, चार दिन ढिला हुने प्रधनमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बताए । ‘एमालेको महाधिबेशन सकिए लगतै बजेट आउछ’ सल्लाहकार नेपालले ओएनएससंग उनले भने, ‘असार मसान्त भीत्रै बजेट आउछ ।’ नेपाली काग्रेस संसदीय दलका मुख्य सचेतक चिनकाजी श्रेष्ठले २७ गते नै बजेट ल्याउने तयारी भएपनि विहिबार मात्र यकिन हुने बताए ।
एमाले महाधिवेशनले बजेट आउनमा खासै फरक नपर्ने एमालेका नेता तथा प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले बताए । ‘अर्थमन्त्रालयले बजेटको तयारी गरिरहेको होला, ज्ञवालीले भने–एमालेकै कारण बजेट आउन रोकिन्न, तर व्यबहारिक कारणले गर्दा बजेट आउन केही दिन ढिला हुनसक्छ ।’
सरकारले असार २७ मा बजेट ल्याउनेर्न आग्रह गरेको संसद सचिवालय स्रोतले बतायो । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सरकारका तर्फवाट संसदलाइ अधिकारीक जानकारी नआएको बताए ।
अर्थ मन्त्रालयले करीव ६ महिना अघिदेखि जेठमै बजेट ल्याएर असारसम्म कार्यक्रम स्वीकृत गरी साउनबाट कार्यान्वयनमा लैजाने योजना बनाएको थियो । तर विचमा रकमान्तरको बिषयलाई लिएर व्यवस्थापिका संसद अवरुद्व हुदाँ सो योजना सफल हुन सकेन । सरकारले आर्थिक बर्ष २०७१, ७२ मा ६ खर्व ५ अर्वको बजेट ल्याउन खोजीएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।