आर्थिक बर्ष २०७१/०७२ को बजेट पारित

64
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक (ओएनएस) : व्यवस्थापिका संसदले  पूर्ण बजेट पारित गरेको छ ।

संसदको आईतबार बसेको बैठकले राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि आर्थिक बर्ष २०७१/०७२ को पूर्ण बजेट पारित भएको हो ।

भदौं महिनाभित्र बजेट पास गर्ने कार्यतालिका भए पनि एकीकृत नेकपा माओवादीलगायत प्रतिपक्षी दलले लामो समय संसद अवरुद्ध पारेपछि ढिलाईएको थियो ।

संसदले असार मसान्तमा पेश्की खर्च विधेयक पारित गरेको थियो भने विहीबार विनियोजन विधेयक पारित भएको थियो । कात्तिक ५ भित्र राष्ट्रपतिबाट डा रामबरण यादवबाट प्रमाणीकरण गराईने तयारी छ ।


  •  
  •  
  •