‘बजेटले नीति नियमलाई परिमार्जन गरेको छ’

231
  •  
  •  
  •  

काठमाडौं १ साउन (ओएनएस)। आर्थिक बर्ष २०७१/०७२को बजेटले दशकौं देखि थाती रहेका नियमहरुलाई परिमार्जित गरको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरन्जीवि नेपालले बताएका छन् । बजेटले नीतिगत ऐनलाई विशेष प्राथमिकतामा राखि देशको आर्थिक विकासमा जोड दिएको उनको दाबी छ ।

त्यस्तै यस बर्षदेखि सुरु भएको पूर्व बजेट छलफल प्रभावकारी भएको पनि बताए । विहीवार समृद्वि फाउण्डेशनले आयोजना गरेको इको नीति नामक अन्तरक्रिर्यात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । रिफम पोलिसिले गर्दा नीति नियममा सकारात्मक प्रभाव परेको बताए । ‘रिफर्म पोलिसि अवलम्वन गरेकै कारणले हामीले ४ अर्वको राजस्व उठाउन सकेका छा’उनले भने । त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रका स्थापना गर्ने योजना पनि प्रभावकारी भएको बताए । नेपालले कमोडिटी मार्केट अव्यवस्थित बन्दै गएको औल्याएका छन् ।
आर्थिक बृद्वि,भौतिक पूर्वाधार तथा रोजगारी वृद्विमा जोड दिनु राम्रो पक्ष भएको अर्थविद विश्वम्भर प्याकुरेलले बताए । मौद्रिक नीतिले इन्फ्लुएसनलाई कण्ट्रोल गर्न नसकिएको उनले जानकारी दिए । ‘बजेटले सुगम क्षेत्रका जनतालाई मात्र समेटेको छ’उनले भने कर्णालीका जनतालाई बजेटले सम्वोधन गरेको देखिदैन । वित्तिय व्यवस्थापनमा पनि समस्या आएको बताएका छन् ।
बजेटले पुरानै बाटो पछयाएको बताएका छन् । बजेटमा खासै नयाँ विषयको सम्बोधन नगरिएको पूर्व अर्थ सचिव रामेश्वर खनालले बताए । उनले धनीलाई धनी र गरिवलाई गरिव बनाउने बजेटको सज्ञा दिएका छन् । कार्यक्रममा उनले बजेटले निजी क्षेत्रको उपस्थितीलाई सक्रियतापूर्वक बढाउन सहयोग गर्नु आवश्यक रहेको बताए । कृषि,पर्यटन र उर्जालाई जोड दिएर प्रशंशनिय काम गरेको बताए ।


  •  
  •  
  •