काठमाडौं ३२ असार (ओएनएस) सरकारले सार्बजनिक गरेको नयाँ बजेटको कार्यन्वयनमा अर्थविदहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् ।
बुधवार राजधानीमा मिडिया इन्टनेशनलले आयोजना गरेको कार्यक्रममा पूवअर्थमन्त्री शंकरप्रसाद कोइरलाले पहिलेको जस्तो अहिलेको अवस्था नभई निर्वाचित सरकार र अर्थतन्त्रलाई अगाडी बढाउने दलहरु सरकारमा भएकाले यसको कार्यन्वयनमा आफु आशावादी रहेको बताए ।
कोइरालाले सरकारले नीतिगत सुधारका लागि प्रयाप्त प्रतिवद्धता गरेको भन्दै यो सकरात्म भएको बताए । ‘बीस बर्ष अघि बनेको ऐन कानुनमा अर्थतन्त्र चलिरहेको अवस्थामा नयाँ नीति ल्याउनु सकरात्मक हो,’ कोइरालाले भने । सरकारले तीन वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता ठिकै भएको भन्दै उनले अब छिट्टै साढे एघार सयको आयोजना बनिरहेकोले यो पुरा हुन सक्ने आशा व्यक्त गरे । उनले कृषि क्षेत्रमा जति लगानी गरे पनि कम हुने भन्दै कोइरालाले सरकारले कृषकलाई ६ प्रतिशत व्याजमा ऋण दिने कुरा क्रान्तिकारी भएको उल्लेख गरे । कृषि क्षेत्रमा उल्लेख्य लागानी गरेमा आयात पनि प्रतिस्थापन गर्ने र व्यापार घाटामा सघाउ पुर्र्याउने उनले जनाए ।
कोइरालाले आफुलाई बजेटको कार्यन्वयनको पीडा राम्रो सँग थाहा भएको बताउदै एउटै अर्थमन्त्रीले ६ वटा सम्म बजेट ल्याउन सक्ने वातावरण भएमा यसको कार्यन्वयन सहज रुपमा हुने बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकारसमेत रहेका अर्थविद डा. चिरिञ्जीवी नेपालले दलहरु सरकारमा हुँदा एउटा धारणा र बाहिर हुँदा अर्को धारणा आउने गरेको भन्दै यसले समस्या सिर्जना गरेको बताए । साउन १ गते नै अख्तियारी दिँदा पनि समयमै कार्यक्रम कार्यन्वयन हुन नसकेको भन्दै अझै पनि अर्थतन्त्रमा विकृति भएको बताए । ‘यसको मुख्य कारण पैसा भण्डार गरेर बस्नु पनि हो,’ नेपालले भने ।
बजेटको व्यवस्थापनको लागि वित्तिय कानु परिर्माजन गरेर कार्यन्वयन गर्ने सरकारको योजना रहेको उनले बताए । आयोजनाको कार्यन्वयनमा अबरोध गर्नेलाई तुरुन्तै कारबाही गर्ने, खुल्ला बजार अर्थतन्त्रलाई आत्मसाथ गर्न सक्ने कानुन नआएको भन्दै यसले गर्दा आएको लागनी समेत भाग्ने अवस्था भएको जानकारी दिए । ‘अबको सरकारले यी कुरालाई ल्याउँछु भनेकाले अव बजेट कार्यन्वयनमा आउँछ भन्नेमा आशावादी छु,’ नेपालले भने ।