शत प्रतिशत बजेट कार्यान्वयन हुन्छ :  अर्थमन्त्री

277
  •  
  •  
  •  

काठमाडाै‍, १ साउन (ओएनएस) । अर्थमन्त्री डा. रामशरण महतले पेश्की खर्च बजेट पारित हुने वित्तिकै आफूले बजेट कार्यान्वयनको लागि पहल थालिसकेकोले यस पटक शत प्रतिशत बजेट कार्यान्वयन हुने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मैले पेश्की खर्च विधेयक पास हुने वित्तिकै अर्थमन्त्रालयका उच्च अधिकारी र विभिन्न मन्त्रालयका उच्च अधिकारीहरुलाई तत्काल बजेट कार्यान्वयनको प्रक्रिया थाल्न निर्देशन दिइसकेको छ । यस पटक समयमै बजेट कार्यान्वयन हुन्छ ।’

महतले बजेटलाई कार्यान्वयन गर्दै मुलुकमा लगानी भित्र्याएर आर्थिक क्रान्तिको प्रारम्भ गर्न बजेटसँगै दर्जनौ विधेयकहरु संसद्मा प्रस्तुत गरेको भन्दै बजेट अनुमोदन भएपछि नेपालको समृद्धिको अभियान सुरु हुने बताए ।

महतले भने, ‘कार्यान्वयन गर्न नसके जस्तो सुकै राम्रो बजेट ल्याएर पनि केही हुँदैन । त्यसैले कार्यान्वयनकै लागि विधेयक र टाईमबाउण्डको कुरासहित काम अघि बढाएको छु ।’
उनले माओवादी विकास विरोधी नभएकोले विधेयकमा अवरोध नगर्ने विश्वास ब्यक्त गर्दै बजेटसँगै यहि अधिवेशनबाट विधेयक पारित हुने बताए ।


  •  
  •  
  •