चिकित्सकहरुको दरबन्दी बृद्धी गरिने

188
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (ओएनएस) । सरकारले विशेषज्ञ चिकित्सकहरुको दरबन्दी बृद्वि गर्ने भएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ चिकित्सकको दरवन्दी बढाउन लागिएको अर्थमन्त्री डा.रामशरण महतले आइतबार संसदमा प्रस्तुत बजेटमा उल्लेख छ । साथै प्राथमिक स्वास्थ्य केन्द्रमा रहने चिकित्सकको सङख्या पनि बढाइने भएको छ ।

स्वास्थ्य सेवामा नयाँ नीति कार्यान्वयनमा ल्याउने प्रतिबद्वतासमेत बजेटमा उल्लेख छ । महिला स्वास्थ्य स्वंसेविकाको यातायात खर्चलाई बढाएर दोब्बर बनाई उनीहरुले पाउने पोसाक भत्ता बढाएर प्रतिव्यक्ति रु ५ हजार पु¥याएको बजेट वक्तव्यमा उल्लेख छ । सरकारले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि ३३ अर्व ५२ करोड बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य संस्थाहरुको पूर्वाधारलाई आधुनिक किसिमले विकास गरिने अर्थमन्त्रीको वजेट वक्तव्यमा उल्लेख छ । स्थानिय आवश्यकताअनुसार अस्पताल तथा स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सरकारबाट तोकिएको निःशुल्क औषधी प्राप्त हुने व्यवस्था समेत गर्न लागेको बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले वीर अस्पतालमा राष्ट्रप्रमुखलगायत विशिष्ट पदाधिकारीका लागि सुविधासम्पन्न वार्डको व्यवस्था गर्ने भएको छ । साथै आगामी आर्थिक वर्षसम्ममा सम्पूर्ण उपस्वास्थ्य चौकीहरुलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गरिने बताइएको छ । पाँचओटा अञ्चल अस्पतालमा आइसीयू र सवै अञ्चल अस्पतालमा जेरियाट्रिक वार्डको स्थापना गरिने बजेटमा उल्लेख छ । आगामी बर्ष ५ सय स्वास्थ्य चौकी तथा ३ सय प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुमा मृगौला रोगको पूर्व परिक्षण शुरु गरिने छ । दक्ष स्वास्थ्यकर्मीबाट प्रसुती सेवा उपलब्ध गराइने नीति प्रवद्र्वन गर्नै आगामी बर्षदेखि ‘मिड वाइफरी शिक्षा शुरु गरिने बताइएको छ ।


  •  
  •  
  •