विदेशमा बस्नेका लागि बजेटमा के छ ?

102
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएएनएस) । सरकारले आइतवार सार्वजानिक गरेको बजेटमा विदेशमा काम गर्ने नेपाली कामदारका लागि विशेष व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा गई कम्तिमा एक वर्ष काम गरी आउने नेपाली नागरिकले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको ३२ इन्च सम्मको टेलिभिजनमा लाग्ने सम्पूर्ण कर महसुल छुट हुने व्यवस्था गरिएको छ ।

रोजगारदाता, रोजगार व्यक्ती र सरकरको संयुक्त लगानिमा श्रमिक बैंक स्थापना गर्न अध्ययन गरिने उल्लेख छ । सरकारले रेमिट्यान्स रकमलाइ उत्पादन क्षेत्रमा लगानी गर्ने समेत बजेटमा उल्लेख छ ।


  •  
  •  
  •