“बजेटको सिद्धान्त विश्व बैकका कर्मचारीले गरेको ड्राफ्ट जस्तो

458
  •  
  •  
  •  

काठमाडौं, १ असार (ओएनएस) । विपक्षी दलका सभासद्हरुले सरकारले संसदमा पेश गरेको नयाँ बजेटका सिद्धान्त नेपाली जनतालाइ निराशा बनाउने खालको भएको बताएका छन् । व्यबस्थापिका संसदको आइतबारको बैठकमा प्रि बजेटमाथिको छलफलमा भागलिँदै सभासदहरुले नयाँ बजेटका सिद्धान्त परंपरागत भएको बताए ।

सभासद्हरुले कृषि, उर्जा, पर्यटन र तत्काल रोजगारी सृजना गर्ने खालको भौतिक पूर्वाधार विकासलाइ केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् । उनिहरुले दश बर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदरहासिल गर्ने खालको कार्यक्रम ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

राप्रपा नेपालका कमल थापाले अर्थमन्त्रीले ल्याएको बजेटक सिद्धान्तले नेपाली जनतालाइ निराश बनाएको आरोप लगाए । जनताले व्यक्तीगत जीवनमा परिवर्तनको अपेक्षा गरेपनि बजेटका सिद्धान्त अत्यन्तै परंपरावादी ढर्राको रहेको उनले बताए ।

मधेशी जनअधिकार फोरम नेपालका उपेन्द्र यादवले बजेटका सिद्धान्त अत्यन्तै निराशाजनक रहेको प्रतिक्रया दिए । अर्थमन्त्रीले संसदमा पेश गरेको बजेटको सिद्धान्त विश्व बैकका कर्मचारीले गरेको ड्राफ्ट जस्तो रहेको उनको टिप्पणी छ ।

एकीकृत माओवादीका हरिबोल गजुरेलले बजेटका प्राथमिकता र सिद्धान्त जनमुखी नभएको आरोप लगाए । क्रान्तिकारी भूमिसुधार लागू गर्ने कार्यक्रम बजेटमा ल्याउन उनले आग्रह गरे ।
नेपाली कांग्रेसका अर्जुननंसिह केसीले सिमान्तकृत समुदाय सम्म पुग्ने खालको बजेट ल्याउन आग्रह गरे । राप्रपाका दीपक बोहराले कृषि क्षेत्रमा लगानी बृद्धिगर्न सरकारको ध्यानाकर्षण गराए ।
गणतन्त्र स्थापना भएपछि पहिलो पटक संसदमा प्रिबजेट छलफल भइरहेको हो ।


  •  
  •  
  •