लुम्बिनीमा अन्र्तराष्ट्रि बौद्ध सम्मेलन हुने

406
  •  
  •  
  •  

काठमाडौं, १४ कात्तिक (ओएनएस) गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यही कार्तिक २९ देखि मंसिर २ गतेसम्म अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।
सम्मेलन मुल आयोजक समितिले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बौद्ध संस्कृति र सम्पदाको सम्र्वद्धन, सुरक्षा र संरक्षण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।

थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमारको सितगु ईन्टरनेशनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनको उद्घाटन सम्मानीय राष्ट्रपती डा. रामबरण यादवले गर्नुहुने पनि समितिले बताएको छ ।

अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन मुल आयोजक समितिका सचिव भिक्षु निग्रोधले सम्मेलनमा नेपालको तर्फबाट ४६ जना विद्धानहरुबाट लुम्बिनी विकास र बुद्धिज्मको बारेमा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिएका छन् । उनले भने–‘‘यो सम्मेलनमा देश विदेशबाट थुप्रै विद्धानहरुको उपस्थिति रहन्छ । सम्मेलनमा ४८ जना अन्र्तराष्ट्रिय विद्धानहरुबाट लुम्बिनी र गौतम बुद्धकोवारेमा कार्यपत्र प्रस्तुत हुनेछ ।’’
समितिका निर्देशक पूर्वमन्त्री डा. केशवमान शाक्यले पनि यो सम्मेलनले विश्वभरका बौद्ध सम्पदाहरुलाई गहन रुपमा बुझ्न, अनुशन्धान गर्न उपयोगी हुने बताएका छन् ।

सम्मेलनका संयोजक डा. त्रिरत्न मानन्धरले सम्मेलन बौद्ध कला, संस्कृति र सम्पदाको संरक्षणका बारेमा विभिन्न देशरुवीच सूचना आदानप्रदान गर्नसमेत मद्यत पुग्ने विश्वास लिएका छन् । उनले भने–‘‘ यो सम्मेलन नौलो हुनेछ । यस्ता खाले सम्मेलनले विश्वका बौद्ध सम्पदाहरुको सुरक्षा गर्न पनि टेवा पुग्नेछ ।’’
सम्मेलनका मिडिया संयोजक नवीन चित्रकारका अनुसार सम्मेलनका लागि नेपालका उपसंघनायक तथा थेरवाद बुद्धिष्ट एकेडेमीका अध्यक्ष भिक्षु डा ज्ञानपूर्णिक महास्थविर र अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालय संघका अध्यक्ष भिक्षु डा. अशिन ञानस्सिर को सह–नेतृत्वमा ४० सदस्यीय मूल आयोजक समिति गठन भएको छ । सम्मेलनमा सूचना आदानप्रदान गर्न सहज होस भन्ने उद्येश्यले मिडिया सेन्टर पनि खोलिने उनले जानकारी दिएका छन् ।


  •  
  •  
  •