क्यानाडामा एक दशक हराएका गायकले भने- स्वर्गभन्दा प्यारो लाग्छ आफ्नै देशको माटो (भिडियोसहित)

431
  •  
  •  
  •  

डाँफे नाचेर,फुbuddhi sagar basyalल कहाँ फ़ुल्छ र हाङ्गै भाँचेर, छमछम पाउजुले, देउरानी लेऊ देवर भन्छिन् भाउजूले, बुढेसकालैमा जस्ता चर्चित गीतका गायक बुद्धिसागर बस्याल एकाएक हराए ।

यद्यपि उनका चर्चित गीतहरू नेपालीको जनजिब्रोबाट हटेनन् । कुनै न कुनै रूपमा नेपालीले सम्झिइरहे । तर, अचम्म, बस्यालले नेपाली सांगीतिक क्षेत्रमा नौलो केसेली नदिएको पनि दशक बितिसकेछ ।

नेपालले भूकम्पजस्तो प्राकृतिक विपत्ति र नाकाबन्दीजस्तो छिमेकी मुलुकको व्यवहार झेल्नुपर्दा भने टोरन्टोमा रहेका बस्याललाई खपिनस्कुन भएछ । एकाएक नेपाल र नेपाली सम्झिएर एउटा नयाँ सांगीतिक कोसेली ‘लाहुरे’lahure teamसाथ आएका छन् उनी ।

एक दशक क्यानाडाको बसाइमा आफूले संगीतको अध्ययनमा बिताए पनि आफ्ना कालजयी गीतहरु जसरी मन जित्न सफल थिए, यो लाहुरेको गीतले पुनः नेपाली श्रोता, दर्शकको मनमा बस्न सफल बन्ने विश्वास व्यक्त गरेका छन् ।

बस्यालले नेपाली सांगीतिक क्षेत्रबाट आफू टाढा नरहेको सन्देश दिन पनि यो कोसेली लिएर आएको बताएका छन् । क्यानाडाको टोरन्टोमा आयोजित एक कार्यक्रममा बस्यालले भने एक वर्ष मेहनत गरी निर्माण गरिएको म्युजिक भिडियो दुबई, अमेरिका, क्यानाडा र नेपालका सुन्दर ठाउँहरुमा गरिएको जानकारी दिए ।

भिडियो हेर्नुहोस् :


  •  
  •  
  •