विश्वकर्मालाई डा. अम्बेडकर कला श्री अवार्ड

216
  •  
  •  
  •  

buddhi bkकाठमाडौ, ४ पुस(ओएनएस) :  भारतीय दलित साहित्य एकेडेमीले भारतको संविधान निमार्ता डा. भिम राव अम्बेडकरको स्मृतिमा प्रदान गर्ने डा. अम्बेडकर कला श्री अवार्ड नेपालका संस्कृति तथा सञ्चारकर्मी बुद्धि विश्वकर्मालाई प्रदान गरेको छ । डिसेम्बर १३ मा भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरिएको विशेष समारोहमा विश्वकर्मालाई अवार्ड हस्तान्तरण गरिएको थियो ।

विगत १५ वर्षदेखि नेपाली लोक गीत, लोक बाजाको संरक्षणसँगै लोकप्रिय रेडियो कार्यक्रमहरु उत्पादन तथा सञ्चालनमा सकृय विश्वकर्माले प्रवासमा बस्ने नेपालीहरुका लागि रेडियोहिमालय डट कम सञ्चालन गरेका छन् । रेडियो सगरमाथाबाट आफ्नो रेडियो कर्म शुरु गरेका विश्वकर्मासँग रेडियो एचविसी, रेडियो नेपाल र रेडियो मिरमिरेमा विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण गरेको लामो अनुभव छ ।


  •  
  •  
  •