बुद्धबारे फैलिएको भ्रम चिर्न ७ देशलाई पत्र

202
  •  
  •  
  •  

काठमाडौं १३ माघ ।
सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कूटनीतिक पहल सुरु गरेको छ । नेपालले ती देशका पाठ्यपुस्तक , अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कूटनीतिक पहल थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन थाइल्यान्ड, नेदरल्यान्ड, श्रलंका र भारतलाई पत्राचार गरी पहिलोपटक त्यसबारे औपचारिक जानकारी गराउन लागेको हो ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •