वेपत्ता हुनेको संख्या ५० नाघ्यो

223
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर । विहीबारको दुर्घटनामा वेपत्ता हुनेको संख्या ५० नाघेको छ । घटना भएको दोस्रो दिन वित्दा पनि वेपत्ता फेला पर्न सकेका छैनन् । घटनास्थलमा वेपत्ता खोज्न आफन्तको भीड लागेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोताखोर, स्थानीयबासी लगाएतले बुधबार पनि उद्धार जारी राखेका छन् । कर्णाली चिसापानी र पोखराबाट भाडामा ल्याइएका गोताखोरले नदीमा डुबेको बस रहेको स्थान पत्ता लगाएर बसमा चैनीफुलीको सिक्री बाध्न सफल भएको बीरदल गणका गणपति सुदिप प्रताप सिंहले बताए । गोताखोरले करीब २५ मीटर गहिरो नदी भित्र रहेको बसमा टोचन लगाएपछि चैनफुलीले चार घण्टासम्म गाडी तान्ने काम गरेको गणपति सिंहले बताए । चैनफुलीले काम नगर्दा र साँझ परेपछि  तान्ने कार्य रोकिएको छ, उनले भने ।

 दस्रो दिन वित्दा पनि वेपत्ता फेला नपर्दा आफन्त निरास बनेका छन् । उनीहरुले सम्बन्धित निकाय प्रति आक्रोस पनि पोख्न थालेका छन्  घटनास्थलमा ३ हजार बढीको भीड लागेको स्थानीय किरण भण्डारीले बताए । आफन्तले वेपत्ता र्फकने आश मार्दै गएको भण्डारीले बताए । वेपत्ता भेरी नदीमा डुवेको बस भित्र छन् वा नदीले बगाएर लियो, पत्ता नै लागेको छैन् , उनले बताए । गाउबाट वेपत्ताको आफन्त आउने क्रम बढ्दो छ, भण्डारीले भने । वेपत्ताको संख्या पनि एकिन हुन सकेको छैन । दिन प्रति संख्या थपिदैं आएको छ । यस हिसावले के कति वेपत्ता भए कसैलाई जानकारी छैन, उनले भने ।

 छिन्चु जाजरकोट सडकको भुर ८, रावतगाउको भीरबादीमा ना ३ ख १४०८ नम्बरको यात्रु बस विहीवार ८० मीटर तल भेरी नदीमा खसेको थियो । बसमा सवार तीनको मृत्यु भएको थियो भने ११ घाईते भएका थिए । तीब्र गतिमा गुडेको उक्त बसले विपरित दिशाबाट आएको ट्याक्टरलाई साईड दिन खोज्दा सडकको चार वटा पर्खाल भत्काएर भेरी नदीमा खसेको थियो । दुर्घटनामा एकै गाउका दर्जन र एउटै परिवारका ५ जना सम्म वेपत्ता भएका छन् । वेपत्ता हुनेमा अधिकांश विदेश जाने रहेका छन्  ।  कान्तिपुरबाट


  •  
  •  
  •