ब्रसेल्स विमानस्थलमा आक्रमण गर्ने दुईको पहिचान

334
  •  
  •  
  •  

brussels_attack_suspectsकाठमाडौँ, १० चैत(एजेन्सी) : बेल्जियमको राष्ट्रिय प्रसारक आरटीबीएफका अनुसार ब्रसेल्समा अन्तराष्ट्रिय विमानस्थलमा बम बिस्फोट गराउने दुई आक्रमणकारीको पहिचान भएको छ ।

ब्रसेल्स विमानस्थलमा आक्रमण गर्ने दुई व्यक्ति दाजुभाइ हुन् र उनीहरूको नाम खालिद र ब्राहीम अल बक्रवी हो । आरटिबीएफका अनुसार यी दुवैका सम्बन्धमा प्रहरीले पहिलेदेखि नै थाहा थियो । प्रहरीले सिसिटीभी फुटेजमा देखिएका तेस्रो व्यक्तिको खोजी कार्य जारी रहेको छ ।

मंगलबार ब्रसेल्स विमानस्थल र एक मेट्रो स्टेशनमा भएको बिस्फोटमा ३४ जनाले ज्यान गुमाएका छन् भने २ सय ५० जना घाइते भएका छन् । मंगलबार ब्रसेल्स विमानस्थलमा दुई र सेन्ट्रल मेट्रो स्टेशनमा एक बम बिस्फोट भएको थियो ।

इस्लामिक स्टेट चरमपन्थी संगठनले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । ब्रसेल्समा छापा मार्दा प्रहरीले किला र रसायनिक पदार्थले भरिएको एक बिस्फोटक सामान र इस्लामिक स्टेटको झण्डा पनि फेला पारेको थियो ।


  •  
  •  
  •