काठमाडौंका सडकमा पाँच वटा ब्रुमर सञ्चालनमा

1252
  •  
  •  
  •  

काठमाडौं, १२ चैत(ओएनएस) : काठमाडौं महानगरपालिकाले मंगलबारदेखि पाँच वटा ब्रुमर सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर ब्रुमरको उद्घाटन गरेका थिए ।

डिजेलबाट चल्ने यी ब्रुमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६००० मोडलका रहेका छन् । इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । हरेक ब्रुमरमा चार वटा ब्रस रहेका छन् ।

महानगरपालिकाका अनुसार ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ । पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो रहेको महानगरपालिकाले जनाएको छ ।

ब्रुमरले कलंकी, बल्खु, कालीमाटी, टेकु, सुन्धारा, लैनचौर, दरबारमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर, भद्रकालीलगायतका सडकको धुलो सफा गर्नेछ ।


  •  
  •  
  •