ब्राउन सुगरसहित तीन युवा पक्राउ

242
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : सवा २ ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित तीन युवालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका वडा नम्बर १४ का १९ वर्षीय मधुसुदन भुज, वडा नम्बर १३ का २२ वर्षीय धनबहादुर घर्ति  मगर र सोही ठाउँ निवासी २१ वर्षीय खिमबहादुर पुन रहेका छन्।

प्रहरी टोलीले शंकाकाे भरमा उनीहरुको शरीर खानतलासी गर्दा भुजको साथबाट १ ग्राम १७० मिलिग्राम, मगरको साथबाट ५७० मिलिग्राम र पुनको साथबाट ५०० मिलिग्राम गरी सवा दुई ग्राम ब्राउन सुगर बरामद गरेको हो।

उनीहरुलाई घोराही उप–महानगरपालिका वडा नम्बर १८ रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •