चिर्पट प्रहार गरी भाई र गाईको हत्या  

118
  •  
  •  
  •  

ईलाम, १ साउन । दाउराको चिर्पट प्रहार गरी भाईलाई मारेको अभियोगमा नयाँबजार–२ बस्ने पदम बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  सार्कीले विहिबार जग्गाको बिषयलाई लिएर २७ बर्षीय भाई चित्र बहादुर सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका थिए ।

गाई मार्ने पक्राउ

सिन्धुपाल्चोक, १ साउन ।  दाउराले हिर्काई गाई मारेको अभियोगमा ईचोक–२ लाईटोल बस्ने ६६ बर्षीय खेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।   तामाङले विहिबार आफनै घरमा गाईलाई दाउराले हिर्काई मारी काटेर खानको लागि लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारामाराङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।


  •  
  •  
  •