संसदिय समितिको बैठकमा क्याण्डी क्रश खेल्दै गर्दा समातिए सांसद

303
  •  
  •  
  •  

candy-crush-on-parliamentकाठमाडौं, २२ मंसिर (एजेन्सी): बेलायतका संसदीय समितिको बैठकका क्रममा एक सांसद आफ्नो आइप्याङमा क्याण्डी क्रश(पजल गेम) खेल्दै गर्दा समातिएका छन् ।

द गार्जियनमा सोमबार प्रकाशित समाचारका अनुसार कन्जरभेटिभ पार्टीका सांसद निगेल मिल्स कार्य एवं पेन्सन समितिको एक बैठकका क्रममा आईप्याडमा क्याण्डी क्रश खेल्दै गर्दा फेला परेका हुन् ।

अंबर वेलीबाट २०१० को निर्वाचनमा सांसद चुनिएका मिल्सले भने, “केही बैठकमा मेरो ध्यान थिएन र हुन सक्छ म क्याण्डी क्रश खेल्दै थिए ।’

उनले भने, ‘मैले यस्तो गर्नु हुँदैनथ्यो । तर यदी तपाई उक्त बैठकको कुरा गर्नुहुन्छ भने मेरो पूरा ध्यान बैठकमाथी थियो र म महत्वपूर्ण बिन्दुमा प्रश्न पनि उठाइरहेको थिए की पेन्सनको मुद्धालाई कसरी सही कसरी गर्न सकिन्छ ? म कोशिस गर्छु की भविष्यमा यस्तो गल्ति नहोस् ।


  •  
  •  
  •