दुलहीलाई लुगा मन नपरेपछि दुलाहा रिजेक्ट

336
  •  
  •  
  •  

lehenga marriageकाठमाडौ, मंसिर(एजेन्सी) : विवाहमा धेरैजसो दुलाहामा पक्षकै बोलवाला हुन्छ र उनीहरूले चाहेजस्तो भएन भने दुलही नै लिएर नजाने वा विवाह नै रद्ध गर्ने सम्मका कामहरू पनि हुने गरेको हामीलाई थाहा नै छ । यसले दुलहीको परिवार समस्यामा पर्ने र दुलहीको विवाह गर्न निकै गाह्रो हुने गर्छ । तर, लखनऊमा दुलहीको इच्छा अनुसार दुलाहा पक्षले लुगा ल्याइदिन नसक्दा दुलहीले नै विवाह रोकिदिएकी छिन् र दुलाहालाई जन्तिसहित रित्तो हात फर्काइदिएकी छिन् ।

गत आइतबार राती लखनऊमा हुन लागेको विवाहमा जयमाला लगाइसकेपछि दुलाहा पक्षले ल्याइदिएको लुगा राम्रो नभएको भन्दै दुलहीले विवाह नै नगर्ने बताएर जन्ति नै फर्काइदिएकी हुन् । जयमाला लगाइसकेपछि दुलाहा र दुलही मञ्चमा बसिरहेका थिए । सोही समयमा दुलहीको ध्यान आफूले लगाइरहेको लुगामा गयो र उनले उक्त लुगा पुरानो मोडलको भएको थाहा पाइन् । यसपछि उनले दुलाहासँग नयाँ लुगाको डिमाण्ड गरिन्, तर रातीको विवाह भएको र करिव १ बजिसकेकाले उनको इच्छा पुर्याउन नसक्ने बताएपछि दुलहीले आफूले लगाएको माला चुडालेर दुलाहातर्फ फालिदिँदै आफूलाई दुलाहा मन नपरेको भन्दै विवाह स्थलबाट हिडिदिइन् ।

केही घन्टासम्म पनि दुलहीलाई मनाउने प्रयत्न गरिरहे तर, दुलही नमानेपछि दुवै पक्षले प्रहरी बोलाए । दुलही पक्षका मानिसहरूले प्रहरीलाई दुलहीलाई दुलाहा मन नपरेको र दुलहीले आफूले विवाह गर्न नसक्ने बताएको भन्दै लेखेर दिए । यसपछि दुलाहा पक्षदुलही नलिई फर्कियो ।

दुलहीले विवाह गर्न नमानेपछि दुलाहा पक्षले रातभर केटी खोज्ने काम पनि तिव्र बनाए र विवाह स्थलमा नै बसिरहे । बिहानसम्म पनि कुनै विवाहको लागी योग्य दुलही नभेटपछि बिना दुलही जन्ति फर्किएका थिए ।

यसले समाज पनि परिवर्तन भइरहेको देखाएको छ । सधै दुलाहा पक्षले दुलही पक्षलाई दवावमा राख्ने परिपाटीको अन्त्य गर्ने तर्फ समाज अग्रसर भइरहेको समेत देखाएको छ ।


  •  
  •  
  •