युवतीले विवाहका लागि १० हजार बिरूवा रोप्नुपर्ने शर्त राख्दा…

404
  •  
  •  
  •  

priyanka bhadoriaकाठमाडौँ, बैशाख(एजेन्सी) : भारतको मध्यप्रदेशको प्रियंका भदोरियाले विवाहका लागि केटापक्ष सामू यस्तो माग राखिन् जसले सबैलाई चकित बनायो ।

प्रियंकाले आफ्नो विवाहका लागि पहिले १० हजार विरूवा रोप्नुपर्ने शर्त राखेपछि सबै चकित भएका हुन् । उनले जबसम्म १० हजार विरूवा रोपिदैन तबसम्म विवाह नगर्ने बताएपछि केटापक्षले उनको त्यो माग पुरा गरिदिएको छ । उनको माग पुरा गरेपछि गत शुक्रबार प्रियंकाको रवि चौहानसँग विवाह भएको छ ।

प्रियंका किशीपुरा गाउँमा बस्दै आएकी थिइन् । त्यहाँ विवाहभन्दा पहिले दुलहीलाई उसलाई के चाहिन्छ भनेर सोध्ने प्रचलन छ ।

सामान्यरूपमा युवतीहरूले आफ्नो लागि गहना, कपडा आदि माग्ने गर्छन्, तर प्रियंकाले भने विरूवा रोप्ने शर्त राखिन् । यसकारण पनि धेरै मानिस अचम्मित भएका थिए ।

प्रियंकाले १० वर्षको उमेरदेखि नै विरूवा रोप्ने गरेकी थिइन् । एउटा अनौठो संयोग नै मान्नु पर्छ कि उनको विवाह विश्व दिवसका दिनमा नै भएको छ ।

प्रियंकाका पति रवि पनि आफ्नी पत्नी प्रियंकासँग खुसी छन् । उनी आफ्नो पत्नीको पर्यावरणप्रतिको सजगता देखेर खुसी भएका हुन् । प्रियंका १० हजार विरूवामा आफ्नो माइतीले ५ हजार विरूवा र पतिको घरकाले ५ हजार विरूवा रोपुन् भन्ने चाहन्थिन् ।

उनको यो प्रयासलाई सबैले प्रशंसा गरेका छन् ।


  •  
  •  
  •