बर्षाको कारण ४ करोड मूल्य बराबरको ईटा क्षतिग्रस्त

628
  •  
  •  
  •  

रुपन्देही २३ पुस (ओएनएस):  बेमौसमी बर्षाको कारण रुपन्देहीका ईटा उद्योगहरुले करोडौको क्षती व्यहोर्नुपरेको छ ।

आइतबार र सोमबार यस क्षेत्रमा परेको भारी बर्षाको कारण ईटा भट्टामा राख्नलागि तयारी अवस्था रहेका काँचो ईंटाहरु नष्ट हुँदा उद्योगीहरुका साथै कामदारहरु समेत मर्कामा परेका छन् ।

लुम्बिनी ईटा व्यवसायीका सचिव तथा मनकामना ईटा उद्योगका सञ्चालक मनोज अधिकारीका अनुसार पछिल्लो साता भएको बेमौसमी बर्षाको कारण १५ वर्ष यताको सबैभन्दा बढि क्षति भएको छ ।

उनका अनुसार अहिले ईटा उद्योगबाट केही महिना ईटाहरु उत्पादन हुने अवस्था समेत रहेको छैन । उनी भन्छन् ‘लामो समयको सितलहर र त्यसपछिको बर्षाको कारण पुर्णरुपमा काँचो ईट्टाहरु नष्ट भएका छन् ।’ रुपन्देही जिल्लामा ५२ वटा ईटा उद्योगहरु सञ्चालनमा रहेका छन् । ती सबै उद्योगहरुमा रहेका काँचो ईट्टा नष्ट भएको कारण ईंट्टा उद्योगमा गम्भिर समस्या पारेको सञ्चालहरु बताउछन् ।

एउटा ईटा उद्योगबाट कम्तीमा पनि ७ देखि १० लाख ईटाहरु नस्ष्ट भएको व्यवसायी संघको भनाई रहेको छ । १० लाख ईटा उत्पादन गर्ने उद्योगले करिव ३० देखि ४० लाख काचो ईटा बनाउनुपर्ने हुन्छ तर त्यो सबै पानीको कारण नष्ट भएपछि निर्माण कार्यमा समेत व्यापक असर पर्न सक्ने संभावना देखिएको छ ।

न्यु मनकामना ईटा उद्योग सैनामैना –१ सरौलीका व्यवस्थापक नरायण आचार्यका अनुसार यसपटको बेमौसीमी बर्षाको कारण १८ लाख वटा काँचो ईटा नष्ट भएका छन् ।

करिव २२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा करिव डेढ सय मजदुरहरु कार्यरत रहेका छन् । व्यवस्थापक अचार्य भन्छन्– ‘पानीले ईटा नष्ट भयो अब फागुन १५÷२० तिर मात्र नयाँ ईटा बजारमा आउन सक्छन ।’ स्थानिय स्थानबाट प्रति टिपर ४ हजार ४५ सयमा प्रति टिपर माटो उद्योगहरुले ल्याउने गर्दछन् । रुपन्देहीका ईटा उद्योगका काम गर्ने कामदार ९० प्रतिशत भारतबाट आउछन् । अहिले जिल्लामा तयारी ईंटा १३ रुपैयामा विक्रि गर्नुपर्ने ईंटा व्यवसायीको मुल्यसुची रहेको भने उद्योगहरुले १२ रुपैया ३०–७० पैसामा सम्ममा विक्रि गर्दै आएका छन् ।


  •  
  •  
  •