नेपालका पौडी खेलाडी शाहको नयाँ किर्तिमान

73
  •  
  •  
  •  

काठमाडौं । नेपालका पौडी खेलाडी सैयद हम्जा शाहले हंगेरीको बुडापेस्टमा संचालन भइरहेको ७ औं फिना विश्व जुनिअर पौडी प्रतियोगीतामा २ वटा राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।

अन्तर्राष्ट्रिय पौडी महासंघको आयोजनामा भएको प्रतियोेगितामा हम्जाले १०० मिटर बटर फ्लाईमा आनन्द लेप्चाले सन् १९८९ मा बनाएको १ः०३ः४३ मिनेटको राष्ट्रिय किर्तिमानलाई तोडेका हुन् ।

उनले १ः०१ः२२ मिनेटमा लक्ष्य पार गर्दै आफ्नो नाममा सो कीर्तिमान राख्न सफल भएका हुन् । निकैनै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगितामा हम्जाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले ५० मिटर बटरफ्लाई २७ः५५ सेकेन्डमा पुरा गरी नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।


  •  
  •  
  •