काठमाडौं जिल्ला प्रशासनका तीन कर्मचारी घुस लिँदालिँदै पक्राउ

262
  •  
  •  
  •  

Bribe at KTM
घुस लिँदालिँदै पक्राउ परेका कर्मचारी (पछाडी) बारे टिप्पणी उठाउँदै अख्तियार कर्मचारी

काठमाडौं, ४ चैत (ओएनएस) :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौं जिल्ला प्रशासन कार्यालयका तीन जनालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले ७ हजार लिँदालिँदै कार्यालयका नायब सुब्बाहरु केदार शर्मा र बेलकुमार शर्मा तथा कार्यालय सहायक बिष्णु गौतमलाई रंगेहात पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौं दहचोकी सविना सिलवालसँग घुस मागेको भन्ने उजुरी आधारमा अख्तियारको टोली जिल्ला प्रशासन पुगेको थियो ।

सिलवालले डेरावालले कोठा छोड्न नमानेको तथा आफुलाई धम्की दिएको भन्दै जिल्ला प्रशासनमा उजुरी दर्ता गराएकी थिइन् ।

तर उजुरीपछि जिल्ला प्रशासनका कर्मचारीले एक लाख घुस मागेको र १५ हजारमा कुरा मिलेपछि सविनाले अख्तियारमा उजुरी हालेकी थिइन् ।


  •  
  •  
  •