हिन्दी फिल्म खेल्नका लागि ब्रेट लीले छाडे कमेन्ट्री

178
  •  
  •  
  •  

brett-lee-in-unindianकाठमाडौ, २१ चैत(एजेन्सी) : बलिउड चलचित्रमा विदेशी कलाकारसहित अन्य व्यक्तिले ठाऊँ पाएका छन् । यस्तै, अष्ट्रेलियाका तिव्र गतिका बलर ब्रेट लीले पनि बलिउडमा आफ्नो अभिनय कला देखाउने मौका पाएका छन् ।

बलिउड चलचित्र ‘अनईण्डियन’ चलचित्रमा अभिनय गर्दै ब्रेट लीले चलचित्रको विश्वमा पाइला हालेका छन् । उक्त चलचित्रको एक गीतको सुटिङका लागि ब्रेट लीले विश्वकप क्रिकेटको एक कमेन्ट्रीबाट समेत बिदा लिएका थिए ।

एक प्रतिवेदनमा भनिएको छ की चलचित्रको उक्त नृत्यका लागि ब्रेट ली ले इण्डियन ट्रेडिशनल पहिरन लगाएका थिए । उनले उक्त नृत्यलाई निकै रमाईलो गरेका थिए । ब्रेट लीले उक्त गीतमा नायीका तनिष्ठा चटर्जीको साथमा नृत्य गरेका थिए । शुटिङ सकिएपछि उनकी सहकर्मी नायीका तनिष्ठा भारत फर्किएकी थिइन् र ली ले विश्वकप क्रिकेटको कमेन्ट्रीको लागि माइक्रोफोन सम्हालेका थिए ।

चलचित्रको शूटिङ गत हप्ता सकिएको छ । यस चलचित्रलाई अनुपम शर्माले निर्देशन र निर्माण गरिरहेका छन् । यो एक हास्य(कमेडी) चलचित्र हो ।

चलचित्रका निर्देशक अनुपम शर्माले कुराकानीका क्रममा भनेका थिए, ‘हामी यो अन्तिम गीतको तयारीलाई लिएर निकै उत्सुक थियौ, यसको संगीत सलीम-सुलेमनले दिएका थिए । हामी यो गीतका लागी किन पनि उत्साहित थियौ भने यस गीतमा ब्रेट लीले भारतीय पहिरन लगाएका थञिए । ब्रेट लीले यो शुटका लागि विश्वकपको भारत र अष्ट्रेलियाबीच हुने खेलको एक हप्ता अगाडि नै बिदा लिएका थिए ।

अनुपम शर्माले भने, ‘उनले जति सहजताका साथ भारतीय पहिरन लगाए, त्यसले के थाहा हुन्छ भने धेरैले किन उनलाई भारतीय भन्छन् ।’ चलचित्रको लेखन तुषी साथिले गरेका छन् ।


  •  
  •  
  •