भेरी बबई आयोजनाको ‘ब्रेक थ्रु’ प्रधानमन्त्रीले गर्ने

65
  •  
  •  
  •  

सुर्खेत, २ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगलबार ‘ब्रेक थु्र’ गर्ने भएका छन् ।  ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् ।

‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समेतको उपस्थित हुने आयोजनाले जनाएको छ ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो ।

सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगंगा नगरपालिका–११ को चिप्लेमा मंंगलबार बिहान ११ बजे आयोजना हुने ‘ब्रेक थ्रु’ कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए ।


  •  
  •  
  •