ओलीलाई भट्टराईको आक्रामक जवाफ : ‘ओलीको सिद्धान्त दलाल र नोकरशाही वर्गको’

520
  •  
  •  
  •  

Kp-Oli-Baburam-Bhattaraiकाठमाडौं १८, माघ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए अबरुद्ध संविधानसभा खुल्ने दाबी गरेपछि एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आक्रमक शैलीमा प्रतिक्रिया दिएका छन् ।

शनिबार ओलीले पार्टी केन्द्रीय कार्यालयमा एमाओवादीलाई गम्भिर आरोप लगाएपछि भट्टराईले आइतबार समाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो आक्रमक प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

फेसबुकमार्फत भट्टराईले ओलीलाई भनेका छन् ‘संसारमा सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने कुख्यात सिद्धान्त ओली महोदयको मौलिक आविष्कार नभएर दलाल तथा नोकरशाही पुँजीपति वर्गको पुरानै जानेमानेको सिद्धान्तको भद्दा सुगा रटाइ मात्र हो । ’

यस्तै पैसामा किन्न खोजेको अरोपलाई ओलीकै नियतमा शंका उत्पन्न भएको भन्दै भट्टराईले लेखेका छन्, ‘कागले आफ्नो नाउँ आफैं काढेर सर्वसाधारणलाई काग चिन्न वेलैमा मदत गरेकोमा ओली महोदयलाई सबैले धन्यवाद दिनैपर्छ कि?’

यस्तै एमाले समर्थकहरुलाई पनि ओलीको शैलीप्रति सचेत हुन आग्रह गर्दै लेखेका छन्, ‘ एमाले जनहरुले पनि ओली नेतृत्वमा पार्टी कसरी तीब्र गतिमा प्रतिगमनको मतियार बन्दैछ भन्ने वेलैमा बुझ्ने कोशिश गर्नुपर्ने हो कि?’

[box type=”shadow” ]

[/box]

यसअघि शनिबार ओलीले भनेका थिए ‘ यसअघि पनि व्यस्थापीका संसद रोकिएको थियो, माओवदीलाई रोकिएको संसद खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुलेको थियो, अहिले अबरुद्ध संविधानसभा ५ देखि १० अर्ब दिन्छु भने खुल्छ ।’


  •  
  •  
  •