नयाँ शक्तिमा पुरानाहरूको लस्कर (सूचीसहित)

363
  •  
  •  
  •  

baburam-bhattarai1काठमाडौं १२ माघ (ओएनएस) : अस्ति नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद घोषणा गर्दा विभिन्न क्षेत्रका गैरराजनीतिक क्षेत्रका व्यक्तिहरूको बाहुल्य देखिने गरी मञ्चमा उभिएका बाबुराम भट्टराईले आज आफ्नो पार्टीका पुराना अनुहारहरूको नाम सार्वजनिक गरेका छन् ।

परिषद सदस्यमा थप गरिएका सूचीमा एमाओवादीबाट भट्टराईसँगै बाहिरिएका नेता तथा कार्यकर्ताहरू छन् । यसअघि उनले आफ्नो पार्टी पूर्वमाओवादीजस्तो नदेखिने र त्यसभन्दा निकै भिन्न हुने बताएका थिए ।

पत्नी हिसिला यमीको नाम भने भट्टराईले अझै सूचीमा समावेश गरेका छैनन् । जबकि, यसअघि नै विदेश विभाग हेर्ने गरी यमीलाई जिम्मेवारी दिइसकिएको छ ।

नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद्मा थप सदस्यहरु :
१.    कर्णध्वज केसी    – प्यूठान
२    कलामुद्दीन राइन्    – महोत्तरी
३    कल्पना धमला        – धादिङ
४    कुमार पौडेल    – सप्तरी
५    कृष्ण शर्मा    – काठमाडौं
६    खिमलाल देवकोटा    – कास्की
७    गंगा श्रेष्ठ    – सिन्धुली
८    चिनक कुर्मी    – नवलपरासी
९    ठाकुर चापागाईं    – नवलपरासी
१०    देवेन्द्र पराजुली    – लम्जुङ
११    नवराज सुवेदी    – प्यूठान
१२    भक्तबहादुर शाह    – जाजरकोट
१३    डा. भोगेन्द्र झा    – धनुषा
१४    महेन्द्र पासवान    – सिराहा
१५    राजेन्द्र किराती    – संखुवासभा
१६    रामकुमार शर्मा    – महोत्तरी
१७    रामरिजन यादव    – सिराहा
१८    लिला भण्डारी    – कैलाली
१९    वलावती शर्मा    – बाग्लुङ
२०    वामदेव क्षेत्री    – रुपन्देही
२१    सुशीला सिरपाइली    – अर्घाखाँची
२२    सोनामसिंह स्याङतान    – मकवानपुर


  •  
  •  
  •