डा. बाबुराम भट्टराईको आँखामा सामाजिक सञ्जाल

225
  •  
  •  
  •  

baburam bhattraiकाठमाडौं, ५ पुस। पूर्वप्रधानमन्त्री, एनेकपा माओवादीका वरिष्ठ नेता, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा पनि सबैभन्दा बढि रुचाइनुभएका राजनीतिक व्यक्तित्व हुनुहुन्छ । उहाले फेसबुक र ट्वीटरको प्रयोग गर्ने गर्नुभएको छ । फेसबुक र ट्वीटर दुबैमा उहालाई पछ्याउनेहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ । उहाका कतिपय स्टाटस र ट्वीटमा लामो बहससमेत हुने गरेको छ । आफ्नो रुचीबमोजिम अध्ययनका लागि उहा“ले ट्वीटरमा केही व्यक्ति, संस्था, प्रकाशनलाई उहा“ले फलो पनि गर्नुभएको छ ।

‘विश्व इतिहासको पछिल्लो चरण भनेको विज्ञान–प्रविधि र सूचना प्रविधिमा विकास र विस्तारको युग हो । त्यसैले हामी माक्र्सवादीहरु वैज्ञानिक ऐतिहासिक भौतिकवादी सिद्धान्तमा विश्वास गर्ने भएको हुनाले विज्ञानका पछिल्ला विकास र प्रयोगहरुलाई जीवनमा आत्मसात गर्दै सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छौं’, उहाँ भन्नुहुन्छ – ‘त्यही क्रममा नै पछिल्लो चरणमा सूचना–प्रविधिको जुन ढंगको विकास भयो र इन्टरनेट, सामाजिक सञ्जालको जुन विकास भएको छ त्यसमा जोडिएर विश्वसँग आफूलाई र आफ्नो ज्ञानलाई नविनीकरण गर्ने, परिचित हुने र सामाजिक संवाद गर्ने माध्यमको रुपमा मैले सबैभन्दा लोकप्रिय रहेका फेसबुक र ट्वीटरलाई प्रयोग गर्दै आएको छु ।’

ज्ञानविज्ञानसँग साक्षात्कार गरिराख्ने र पछिल्ला गतिविधिबारे जानकारी लिने उहाँको रुचीकै कारणले उहाँ सामाजिक सञ्जालमा जोडिनुभएको हो । जनसमुदायको, खासगरी युवा पंक्ति, धारणा बुझ्नको निम्ति पनि सामाजिक सञ्जालको प्रयोग उहाँ महत्वपूर्ण ठान्नुहुन्छ । उहा“ भन्नुहुन्छ – ‘सामाजिक सञ्जालमा सहभागी हुनुको मुख्य तात्पर्यचाहि“ ज्ञान, विज्ञानका पछिल्ला आविष्कारसँग परिचित हुने, अन्तर्राष्ट्रिय गतिविधिसँग आफ्नो ज्ञानलाई नविनीकरण गर्ने र आम जनसमुदायस“ग नजिकबाट जोडिने हो ।’

प्रयोगको अनुभव

फेसबुकमा विषयबस्तुका बारेमा अलि बढि लेख्न मिल्ने, फोटोहरु पनि राख्न मिल्ने र यसका प्रयोगकर्ता पनि धेरै छन्, उहा“को फेसबुक पेज लाइक गर्नेको संख्या पनि धेरै छ । प्रयोगका हिसाबले १४० अक्षरको सीमितताले गर्दा पढ्न, ट्वीट गर्न र चलाउन पनि अलि सजिलो हुने उहा“को अनुभव छ । धेरै फलोअर भएको हुनाले उहा“का स्टाटस, ट्वीटमाथि धेरै टिप्पणि आउने पनि गरेका छन् । उहा“ भन्नुहुन्छ – ‘मैले समय अभावका कारणले सबै टिप्पणिको प्रतिटिप्पणि गर्न, जवाफ दिन त भ्याउ“दिन तर मैले सरसर्ती हेर्ने कोशिस गर्छु । पछिल्ला घटनाक्रमस“ग, खासगरी ज्ञान र विज्ञानका पछिल्ला आविष्कारस“ग मेरो बढि रुची छ र मैले सामाजिक सञ्जालमार्फत यी विषयमा साक्षात्कार गर्ने अवसर पाएको छु ।’

‘अन्तरिक्ष विज्ञान, जीव विज्ञान, न्युरो साइन्सलगायत विज्ञानस“ग सम्बन्धित संस्था, व्यक्तित्व, प्रकाशनस“ग ट्वीटरमा आफूलाई बढि जोड्ने गरेको छु । प्रतिष्ठित वैज्ञानिकहरु, चिन्तकहरुलाई पनि मैले फलो गरेको छु । त्यस्तै माक्र्सवादी विचार, साहित्य, चिन्तक, प्रकाशनहरुलाई पनि मैले फलो गर्ने गरेको छु । राजनीतिक व्यक्ति हुनुको नाताले विभिन्न देशका राजनीतिक नेताहरु र खासगरी दक्षिण एशियाका नेताहरुलाई मैले फलो गर्ने गर्छु’, आफूले फलो गरेकाहरुका बारेमा उहाँ भन्नुहुन्छ – ‘समाचारको मुख्य स्रोतका रुपमा मिडिया र मिडियास“ग जोडिएका व्यक्तिहरुलाई पनि मैले फलो गरेको छु । साथसाथै मेरो रुचीचाहिँ एउटै विषयको मात्रै भन्दा पनि धेरै विषयमा ज्ञान राख्नुपर्छ भन्नेमा पनि छ त्यसैले मैले खेलकुद, कला, साहित्य क्षेत्रका व्यक्तिहरुलाई पनि मैले फलो गर्ने गरेको छु । र मैले आफ्नो ज्ञानलाई ताजगीकरण गर्ने महत्वपूर्ण माध्यमको रुपमा पाएको छु । राजनीतिक ढंगले चाहिँ समसामयिक घटनाहरुमा आम जनताको, खासगरी युवा पंक्तिको, सोंच कस्तो रहेको भन्ने बुझ्न पनि उपयोगी पाएको छु ।’

BRB 1

उहाँले राजनीतिक व्यक्तिकारुपमा अमेरिकी राष्ट्रपति बाराक ओबामादेखि दक्षिण एशियामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेलगायतलाई फलो गर्नुभएको छ । ट्वीटर प्रयोग गर्ने केही नेपाली नेताहरुलाई पनि उहा“ले फलो गर्नुभएको छ । त्यस्तै उद्योग–व्यवसाय क्षेत्रका विनोद चौधरीलगायत, नेपाली सञ्चार क्षेत्रका नेतृत्व तहमा रहेकाहरु सुधीर शर्मा, किशोर नेपाल, गुणराज लुईंटेल, अखिलेश उपाध्याय, अमित ढकाललगायत, लेखक÷साहित्यकारहरु खगेन्द्र संग्रौला, झलक सुवेदीलगायतलाई पनि भट्टराईले फलो गर्नुभएको छ ।

उहाँले नेपाली कलाक्षेत्रका अनुप बराल, मनोज गजुरेल, निश्चल बस्नेतलगायतलाई फलो गर्नुभएको छ । त्यसैगरी खेलकुद क्षेत्रका युवराज लामा, पारस खड्का, सुवास खकुरेललगायतलाई पनि फलो गर्नुभएको छ । विज्ञान, अर्थ–राजनीति, सूचना तथा सञ्चार क्षेत्रका संस्था, व्यक्तित्व, प्रकाशनहरुलाई पनि उहा“ले फलो गर्नुभएको छ ।

सामाजिक सञ्जालमा हुने आलोचनाप्रतिको दृष्टिकोण

‘सामाजिक सञ्जाल प्रयोग गर्न मसँग धेरै समय त हुँदैन । तर विहान बेलुका केही समय निकालेर मैले सामाजिक सञ्जाल हेर्ने गर्छु’, उहाँ भन्नुहुन्छ – ‘त्यहा“ आएका टिप्पणिहरुले जनताको ‘मुड’ बुझ्न, एउटै विषयबस्तुलाई कस्ता कोणहरुबाट हेर्न सकिने रहेछ, मानिसहरुले कसरी ग्रहण गर्दा रहेछन् भन्ने बुझ्न मद्दत गरेको छ ।’

सामाजिक सञ्जालमा उहाँले कहिलेकाहिँ निकै आलोचनाको सामना पनि गर्नुपरेको छ । उहाँको बुझाई छ – ‘यो भर्खर–भर्खरै प्रयोगमा आएको बस्तु भएको हुनाले मध्यम वर्ग, निम्न–मध्यम वर्गका युवाहरुमा पहिले यसले प्रवेश पाउँछ । त्यसमा अधिकांश मानिसहरुको सोंच र चिन्तनचाहिँ अलिकति अराजकतावादी खालको स्वतः नै हुन्छ । त्यसैले उनीहरुको नियतमा कुनै प्रश्न गर्नुपर्ने ठाउ नहुँदा–नहुँदै पनि स्वाभावैले युवाहरु अलिकति अराजक, विद्रोही हुन्छन् । उनीहरुको अराजकता, विद्रोहीपन, मूल्यमान्यतामा नअडिने र अरुको आलोचक बन्ने स्वाभाविक प्रवृत्ति पनि हुन्छ । त्यसकारणले सामाजिक सञ्जालमा पनि त्यसखाले टिप्पणि आएको बुझ्नुपर्ने हुन्छ ।’

‘नेपालको सन्दर्भमा पछिल्लो चरणमा राजनीतिक परिवर्तनको प्रक्रिया र संक्रमणकाल जसरी लम्बियो र आर्थिक, सामाजिक, सा“स्कृतिक परिवर्तन र रुपान्तरणको एजेण्डा पछाडि पर्दै गयो । त्यसले गर्दा गरिबी, बेरोजगारीबाट आक्रान्त भएका युवाहरु चाहि अलिकति बढि निराश हुने र सबैस“ग आक्रोशित हुने प्रवृत्ति बढेको छ’, उहाँ भन्नुहुन्छ – ‘जबकी राजनीतिक नेतृत्व भनेका सबै राम्रा वा सबै नराम्रा भन्ने हुँदैन । त्यसैले अलिकति बैज्ञानिक सोंच राखेर सबै ठाउँमा ठीक र बेठीक हुन्छ भन्ने चिन्तनको विकास हुन नसक्दा एउटा पंक्तिले सबैलाई बेठीक ठान्ने र सबैलाई एउटै डालोमा हालेर मिल्काउने खालको चिन्तन आएको हो । तर यो क्षणिक हो भन्ने ठान्छु । सामाजिक सञ्जाल विस्तार हु“दै जाने क्रममा यो प्रवृत्ति कम हुँदै जान्छ, सच्चिदै जान्छ र समाजका अधिकांश मान्छे वैज्ञानिक चिन्तन राख्ने राम्रा मान्छे हुन्छन् भन्ने स्वीकार्नुपर्ने हुन्छ ।’

BRB 2

फलोअरलाई धन्यवाद र सुझाव

शुक्रबारसम्म उहाँको फेसबुक पेज लाइक गर्नेको संख्या ७,४८,६९४ जना र ट्वीटरमा उहाँलाई फलो गर्नेको संख्या १,१४,२५२ जना छ । आफ्ना फलोअरहरुप्रति उहा“ भन्नुहुन्छ – ‘म उहा“हरु सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँहरुले रुचीपूर्वक दुईवटै सामाजिक सञ्जालमा मलाई फलो गर्ने र सुझाव दिने गर्नुभएको छ । त्यसलाई मैले महत्वपूर्ण मार्गनिर्देशनका रुपमा लिएको छु । मैले सामाजिक जीवनमा रहेपछि कतिपय आलोचनात्मक टिप्पणिहरुलाई अन्यथा मानेको पनि छैन ।’

सामाजिक सञ्जालका प्रयोगकर्ता र उहा“का फलोअरहरुलाई उहा“को सुझाव पनि छ । उहा“ सुझाउनुहुन्छ – ‘जीवनका सबै पक्षहरुमा सकारात्मक÷नकारात्मक पाटाहरु हुन्छन् । त्यसैले एउटा पाटो मात्र भन्दा सबै पाटा हेरेर सन्तुलित र वस्तुनिष्ठ निचोडमा पुग्ने प्रयत्न गर्नुपर्छ । आग्रह र पूर्वाग्रहभन्दा सत्यतथ्यमा आधारित भएर विषयबस्तुलाई बुझ्नु उपयुक्त हुन्छ । हल्काफुल्का टिप्पणी र अशिष्ट पदावली प्रयोगले आफ्नै मानमर्दन गर्छ भन्ने हेक्का राख्नु राम्रो हुन्छ ।’

-भट्टराईको सचिवालयमार्फत


  •  
  •  
  •