सहमतिबाटै अघि बढ्न भट्टराईलाई अधिवक्ताहरुको सुझाव

185
  •  
  •  
  •  

BRBकाठमाडौं, ३ मंसिर (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले बुधबार दिनभर विभिन्न दल, सभासद् तथा विज्ञहरुस“ग परामर्श गरेका छन् । परामर्शका क्रममा वरिष्ठ अधिवक्ताहरुले सभापति भट्टराईलाई सहमतिद्वारा नै अहिले देखिएको गतिरोध अन्त्य गर्न सुझाव दिएका छन् । भट्टराईले संविधानसभा नियमावली निर्माणमा समेत संलग्न रहनुभएका बरिष्ठ अधिवक्ताहरु हरिकृष्ण कार्की, शेरबहादुर केसी, खिमलाल देवकोटा, पूर्णमान शाक्य, शंकरकुमार श्रेष्ठ र श्याम खरेलस“ग परामर्श गरेका थिए ।

परामर्शपश्चात सभापति भट्टराईले भने ‘यो संविधान निर्माणको प्रक्रिया भनेको एउटा त राजनीतिक सहमतिको दस्तावेज निर्माण गर्ने प्रक्रिया पनि हो । त्यसैले अन्ततः राजनीतिक ढंगले नै समस्याको समाधान गर्नुपर्छ भन्ने कुराहरु त्यहा“ आएको छ ।’

यसपटकको संविधानसभाका समितिहरुको संरचना र कार्यविधि मूलरुपमा बहुमत, अल्पमतको ढंगले टुंगो लगाउने नभइकन सहमतिकै ढंगले टुंगो लगाउने र जुन सहमति नभएका कुराहरु छन् त्यसलाई सहमति नभएको भनेर संविधानसभामा पठाउने विधि निर्धारण गरिएको वरिष्ठ अधिवक्ताहरुले बताएका थिए ।

‘पहिलो संविधानसभाका विषयगत समितिमा निर्णय गर्ने तरिका चाही“ बहुमत, अल्पमतले पनि टुंग्याउने भन्ने थियो तर यसपटक चाही“ संविधानसभाका कुनै पनि समितिमा बहुमत, अल्पमतको तरिकाले टुंग्याउने प्रावधान राखिएको छैन र सहमतिले नै टुंगो लगाउने र सहमति हुन नसकेका विषयहरु यी हुन् भनेर संविधानसभालाई जानकारी गराउने भन्ने नै मूल स्पिरिट हो भन्ने सुझावहरु उहा“हरुबाट आयो’, सभापति भट्टराईले भने ।
सभापति भट्टराईले बुधबार नै नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, नेकपा एमालेका सभासद् जीतबहादुर दर्जी, परिवार दलका अध्यक्ष तथा सभासद् एकनाथ ढकालस“ग पनि छुट्टाछुट्टै परामर्श गर्नुभएको गरेका थिए । त्यसैगरी संवाद समितिमा रहेका विभिन्न २० वटा दलहरुस“ग पनि सभापति भट्टराईले सामूहिकरुपमा परामर्श गरेका थिए ।


  •  
  •  
  •