‘अब महाभारत सुरु हुन्छ’ – भट्टराई

192
  •  
  •  
  •  

baburam bhattraiकाठमाडौं, २८ कात्तिक (ओएनएस) : संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिका सभापती बाबुराम भट्टराईले दलहरुबीच सहमति नबने देश द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् । साथै उनले अब महाभारत सुरु नै गर्ने भए सहमति गर्न ३ दिनको समय दिन दलहरुलाई अनुरोध गरेका छन् ।

उनले भने ‘स्थिति आजसम्म आइपुग्दा असाध्यै गम्भीर मोडमा आइपुगेको छ । दलहरुका बीचमा सहमतिभन्दा असहमतिको खाडल फराकिलो बन्दै गएको छ । त्यसैले सभापतिको नाताले मलाई असाध्यै चिन्तित बनाएको छ’ ।

समितिको बैठक आगामी मंसिर १ मा बस्नेगरि स्थगित भएपछि भावुक मुद्रामा देखिएका भट्टराईले शुक्रबार बिहान बसेको तीन दलको बैठकमा काँग्रेस–एमालेसँग सहमति गर्न ५ दिनको समय माग गर्दा हाँसेको  भन्दै अघि भने  ‘ कमसेकम ५ दिनको समय तपाईंहरुले दिनुहोस र सहमति गरौं भन्ने कुरा भएको थियो, तर त्यहा शीर्ष नेताहरुले त्यो कुरा सुन्नुभएन, हासिमजाकमा उडाउनुभयो । ५ दिनमा कसरी सहमति हुन्छ भन्नुभयो ।’

उनले अघि भने  ‘अब महाभारत सुरु हुन्छ नै भने कमसेकम ३ दिन भए पनि ढिलो गर्नु बुद्धिमानी हुन्छ भनेको छु । द्वन्द्व पूरै रोक्न सकिन्छ भन्ने ग्यारेन्टी त म लिन्न“ तर आगामी ३ दिन मैले प्रयत्न गर्छु भन्ने आग्रहसहित यो बैठकलाई आज मैले यहा रोकेर मंसिर १ गते  १ बजेको निम्ति बोलाएको छु ।’


  •  
  •  
  •