काठमाडौं, २८ कात्तिक (ओएनएस): संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अरु केही दिन समय लिएर भए पनि सहमति खोज्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विभिन्न चरणका छलफलका क्रममा सभापति भट्टराईले त्यस्तो प्रस्ताव गरेका हुन् ।
‘सभापतिको नाताले, पाच वर्ष समय त गुजा¥यौं भने अर्को ४÷५ दिन समय लिएर भए पनि संविधानमा सहमति कायम गर्नु नै श्रेयष्कर हुन्छ । त्यसो भयो भने मात्रै माघ ८ मै संविधान सुनिश्चित बन्ने र त्यो संविधान चाही“ स्थायी बन्ने र शान्ति सुनिश्चित हुने कुरा हुन्छ भन्ने मैले आग्रह गरें’, बैठकपछि सभापति भट्टराईले भने ।
उक्त प्रस्तावमा सहमति भने बन्न नसकेको पनि सभापति भट्टराईले बताए । ‘त्यसमा सहमति बनेन । र प्रतिवेदन कस्तो पठाउने भन्ने विषयमा पनि सहमति बनेको छैन । यो निकै दुःखद् कुरा भएको छ’, उनले भन्नुभयो – ‘म अन्त्यसम्म पनि संविधान सहमतिले नै बन्नुपर्छ, त्यो हुन नसके प्रक्रिया र प्रतिवेदनबारे भने पनि सहमति हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैको निम्ति म प्रयत्नशील छु ।’