गोरखा–१ लाई नमूना निर्वाचन क्षेत्र बनाउन डा. भट्टराईले गरे नीति तथा कार्यक्रमको घोषणा

332
  •  
  •  
  •  

baburam_bhattaraiकाठमाडौं, १ वैशाख (ओएनएस) : पूर्वप्रधानमन्त्री तथा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ लाई नमुना निर्वाचन क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरेका छन् । नव वर्ष २०७२ सालको उपलक्षमा आफ्नो निर्वाचन क्षेत्रलाई विकास गर्नको लागि भट्टराईले नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

उनले गोरखा–१ लाई नेपालकै नमूना निर्वाचन क्षेत्रको रुपमा विकास गर्न नीति, रणनीति र कार्यक्रमलाई सरकार, विभिन्न राजनीतिक दल, दातृ निकाय तथा गैर–सरकारी संस्था, उद्यमी–व्यवसायी र नागरिक समाजको सक्रिय सहयोगामा सम्पन्न गर्ने बताएका छन् ।

भट्टराईको योजनामा गोरखा–१ लाई सामाजिक न्याय सहितको समृद्ध, आत्मनिर्भर र दीगो आर्थिक केन्द्रको रुपमा विकास गर्दै लैजाने, पछाडि परेका समुदायको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन उत्पादनशील रोजगारीमूलक कार्यक्रमलार्ई बढावा दिने तथा मानव विकास सूचकांकलाई आगामी ३ वर्षभित्र राष्ट्रिय औसतको स्तरमा ल्याउने उल्लेख छ ।

यस्तै भट्टराईले आफ्नो उद्देश्यमा स्थानिय स्तरका योजनामा लागानी गर्दै कृषि तथा ग्रामीण पूर्वाधारलाई विकास गर्ने राखेका छन् । त्यसको लागि सरकारी, निजी तथा सहकारीको माध्यमद्वारा स्रोत परिचालन गर्ने लगायतका रणनिति बनाउने भनिएको छ ।

तत्कालको लागि गोरखा–१ मा गर्ने विभिन्न कार्यक्रम तथा मध्यकालीन र दीर्घकालीन योजना पनि अघि सारिएको छ । यस्तै नमूना गाँउको रुपमा घैरुङलाई विकास गर्नको लागि पनि भट्टराईले मोटरबाटो देखि इन्टरनेट सुविधासम्म पुर्याउने योजना सार्वजनिक गरेका छन् । योजनालाई सञ्चालन गर्नको लागि संघठन समेत बनाइनेछ । जसमा सम्बधित क्षेत्रको सरोकारवाला समूह र विज्ञ समूह रहनेछन् ।

विज्ञ समूहमा भट्राईले १५ जना ब्यक्तिहरुको नाम समेत सार्वजनिक गरेका छन् । भट्टराईले ६ जनालाई सल्लाहकार एवं संरक्षक समूहमा राख्ने जनाएका छन् । भट्टराईका अनुसार सम्पर्क कार्यालय जिल्ला सदरमुकाममा रहनेछ र त्यहाँ आम जनसमुदाय र सरोकारवालाहरुसँग नियमित सम्पर्कको व्यवस्था मिलाइनेछ भने सभासद्द्वारा प्रत्येक महिना निर्वाचन क्षेत्रको भ्रमण गर्ने परिपाटीलाई कायम राखिनेछ ।

भट्टराईको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् 


  •  
  •  
  •