डा. भट्टराईले उत्तेजक ट्विट गरेपछि….

243
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने नेपाल बन्दको पहिलो दिन सोमबार प्रहरी र प्रदर्शनकारीबीच राजधानीको बिजुली बजारमा झडप भयो । लगत्तै एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्राईले बिजुली बजारमा गोली प्रहार गरेको भन्दै ट्विट गरे ।

[box type=”shadow” ]

[/box]

तर, प्रहरीले तत्काल खण्डन गर्दै बिजुली बजारमा गोली प्रहार नभएको बतायो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले प्रदर्शकारीले प्रहरीलाई अवरोध गरेकाले केहि सेल अश्रु ग्यास प्रहार गरेको बताउँदै गोली नचलेको दाबी गरे ।

बिजुली बजारमा बन्दकर्तालाई पक्राउ गरी भ्यानमा हालेर लानेक्रममा बन्दकर्ताले प्रहरीलाई अवरोध गरेका थिए । त्यसक्रममा प्रहरीले केहि सेल अश्रु ग्यास प्रहार गर्दा प्रदर्शनकारी सामान्य घाइते भएका थिए ।

भट्टराईले उत्तेजित बनाउने ट्वीट गरेपछि ट्विटर युजर उनीमाथि खनिए ।भट्टराईलाई प्रतिक्रिया दिने अधिकांशले बन्द तथा भट्टराईकाे विरोधमा ट्विट गरेका छन् ।

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •