दोस्रो र तेस्रो चरणको आन्दोलन गर्नु नपरोस् : भट्टराई

162
  •  
  •  
  •  

baburam_bhattaraiदिल्ली, १८ फागुन । भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सहमतिबाटै विगतका सहमति–सम्झौता अनुसारको संविधान निर्माणका लागि दबाब सिर्जना गर्न गरिएको पहिलो चरणको आन्दोलन पूरा भएको उल्लेख गर्दै दोस्रो र तेस्रो चरणको आन्दोलन गर्न नपरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ ।

‘सोसाइटी फर पोलिसी स्टडिज’ र ‘इण्डिया इन्टरनेशनल सेन्टर’को आयोजनामा नया दिल्लीको इण्डिया इन्टरनेशनल सेन्टरमा भएको नेपालको विकास र तत्कालीन विकसित राजनीतिबारेको छलफल कार्यक्रममा नेता भट्टराईले भन्नुभयो – ‘पहिलो चरणको आन्दोलन सम्पन्न भयो । दोस्रो र तेस्रो चरणको आन्दोलन गर्नु नपरोस् भन्ने चाहना हो ।’

‘यतिबेला नेपालमा क्रान्तिको जनादेश र चुनावको मतादेशको अन्तरविरोध छ । तर चुनावको मतादेशभन्दा क्रान्तिको जनादेश मुख्य हो’, उहा“ले भन्नुभयो – ‘क्रान्तिका मुद्दाहरुलाई संस्थागत गर्ने कुरा मुख्य हो । संविधानसभा त्यसलाई वैधानिकीकरण गर्नका लागि हो । संविधानसभाले क्रान्तिका उपलब्धीलाई खारेज गर्न सक्दैन ।’

एमाओवादी लगायतका दललाई पाखा लगाएर एमाले–कांग्रेसले भनेजस्तो संविधान बन्यो र पहिचानमा आधारित संघीयता भएन भने अतिवादी शक्तिहरुले द्वन्द्व भड्काउने खतरा रहने उहा“को जिकिर थियो । संविधानसभामा एमालेको भूमिकाप्रति टिप्पणि गर्दै उहा“ले भन्नुभयो – ‘नक्सलवादी आन्दोलनको हा“गो एमाले थियो । यो आज पूरै पतन भइसकेको छ ।’

‘हामीले २०४६ सम्मको जनआन्दोलनमा पनि भाग लियौं । तर संसदीय प्रजातन्त्र पर्याप्त रुपमा लोकतान्त्रिक हुन सकेन । प्रचण्ड र मैले नेकपा (माओवादी) गठन ग-यौं । लोकतन्त्रलाई अझ फराकिलो, व्यापक र समावेशी बनाउन हामीले २०५२ सालमा जनक्रान्तिको सुरुआत ग¥यौं’, माओवादी आन्दोलनका बारेमा उहा“ले भन्नुभयो – ‘हामी संसदीय लोकतन्त्र होइन, त्यो भन्दा अगाडिको, अझ बढी लोकतान्त्रिक ‘समावेशी–समानुपातिक लोकतन्त्र’ चाहन्छौं ।’

नेपालमा संघीयताको बहसमा संघीयताका विरोधीहरुले भ्रम सिर्जना गरेको उहा“ले बताउनुभयो । ‘हामीले जातीय, ऐतिहासिक, भाषिक र सा“स्कृतिक पहिचान सहितको समूह, जसलाई राष्ट्रियता भनिन्छ, उनीहरुको लागि स्वायत्त प्रदेश भनेका हौं । यसो गर्दा नौ वटा राष्ट्रियताले अवसर पाउ“छन् । सूदुरपश्चिममा खस–ब्राह्मणहरुको पनि आफ्नै प्रदेश हुनसक्छ’, उहाले भन्नुभयो – ‘हामीले सयवटै जातिलाई प्रदेश भनेको होइन, जुन सम्भव छैन । यो दुष्प्रचार हो ।’

संघीयता माओवादी आन्दोलन, मधेश आन्दोलन र जनजाति आन्दोलनको उपलब्धी भएको उल्लेख गर्दै उहा“ले भन्नुभयो – ‘तर संघीयताबारे मधेशी र जनजाति समुदायको आकांक्षा पूरा नभए त्यो एकप्रकारको विश्वासघात हुन पुग्छ । हामी त्यस्तो विश्वासघात गर्न सक्दैनौं ।’

समानुपातिक निर्वाचन प्रणाली समावेशीताका लागि र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली स्थिरताका लागि चाहिएको उहा“ले बताउनुभयो । सधैं सत्ताका लागि दिल्लीमा आशिर्वाद थाप्न आउनेहरुले माओवादीलाई भारतबाट सञ्चालित भनेर आरोप लगाएको पनि नेता भट्टराईको भनाइ थियो ।

उक्त छलफलमा भारतीय पूर्व विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, पूर्वराजदूत शिवशंकर मुखर्जी, भाजपाका नेपाल सेल इन्चार्ज अजित कुमार, भारतीय बुद्धिजिवी तथा परराष्ट्रविद् एसडी मुनी, भारतका लागि वंगलादेशका पूर्वराजदूत तारिक करिम, वरिष्ठ सम्पादक भरत भुषण, वरिष्ठ पत्रकार प्रशान्त झा, द हिन्दू पत्रिकाका परराष्ट्र मामिला सम्पादक सुहासिनी हैदर, नेपाल १ टेलिभिजनकी नालिनी सिंह, इकोनोमिष्ट म्यागाजिनका आदम रोबर्टस, भारत सरकारका अधिकारीहरु लगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच दिल्लीमा नेता भट्टराईको केही राजनीतिक भेटवार्ता समेत भएको छ । नेता भट्टराईले आज भारतीय जनता पार्टीका महासचिव राम माधव, भारतीय पूर्व विदेश मन्त्री सलमान खुर्सिद र भारतीय कांग्रेस पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री दिग्विजय सिंहस“ग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो । सबै भेटवार्ता भारतस्थित नेपाली दूतावासमा भएको थियो ।


  •  
  •  
  •