बाबुरामले भने : जनता ढाँट्ने वार्ताको पक्षमा छैनौ

185
  •  
  •  
  •  

baburam_bhattaraiजाजरकोट, ११ फागुन (ओएनएस) : एमाओवादीका नेता डा. बाबुराम भट्टराई आफु वार्ताको विरोधि नभएको बताएका छन् । तर  जनता झुक्याउने र ढाँट्ने वार्ताको पक्षमा नभएको पनि भट्टराईले स्पष्ट पारेका छन् ।

जाजरकोटमा सोमबार पत्रकारहरुसँग भट्टराईले भने, ‘बाबुराम एक्लै वार्ता विरोधि, मोर्चाका अन्य नेता वार्ता समर्थक भन्ने गलत हो । हाम्रो पार्टी र मोर्चामा एकमत छ । म वार्ताको पक्षमा छु । तर त्यो वार्ता सार्थक हुनुपर्छ । जनता झुक्याउने र ढाँट्ने वार्ताको पक्षमा म र मोर्चा छैन । ’

भट्टराईले अहिलेको लडाई संविधानसभाबाट कस्तो संविधान बनाउने भन्ने भएको बताउदै आफुहरु संविधानसभाबाटै संविधान बनाउने पक्षमा रहेको बताएका छन् ।

‘संविधानसभाको मुद्दा उठाउदा हाम्रो टाउकाको मूल्य ५० लाख तोक्ने कांग्रेस-एमालेका नेता हुन् । संविधानसभा अहिले अपहरण भएको छ । संविधानसभाबाट नेपाली जनताको पक्षमा हुने संविधान बनाउनको लागि लडाई हो ’, भट्टराईले भने  ।

उनले गत माघ ११ संविधानसभाको नियम, विधि र पूर्वअभ्यास तोडेर प्रक्रिया अघि बढायएको भन्दै त्यसै दिनबाट सत्तापक्षले सहमतिको प्रक्रिया तोडेको आरोप लगाए । उनले विगतका सम्झौताका आधारमा वार्ता गरेमात्र निकास निस्कने बताए ।


  •  
  •  
  •