सत्तारुढ दलले एक खुट्टा पूर्व अर्काे पश्चिम फर्काए : भट्टराई

199
  •  
  •  
  •  

baburam bhattraiकाठमडौं, २३ माघ (ओएनएस) : सत्तारुढ दलले संविधान निर्माण प्रक्रिया जारी राख्दै विपक्षीसँग वार्ता गर्ने निर्णय गरेपछि एमाओवादीका नेता डा. बाबुराम भट्टराईले व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन् ।

संविधानसभामा प्रक्रिया अघि बढाएको भन्दै त्यसविरुद्ध आन्दोलनको गर्न पश्चिम क्षेत्रमा रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फ आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै लेखेका छन्, ‘सहमतिका लागि वार्ता र मतदानका लागि प्रक्रिया एकैसाथ अघि बढाउने भनेको एउटा खुट्टा पूर्व र अर्को खुट्टा पश्चिम फर्काएर हिंड्न खोज्नुजस्तै भएन र?’

[box type=”shadow” ]

[/box]

शुक्रबार विहान मात्र सत्तारुढ दलले प्रक्रिया र वार्ता सँगसँगै अघि बढाउने निर्णय गरेका थिए । तर एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधान निर्माण प्रक्रिया रोके मात्र वार्ता गर्ने अडान लिइरहेको छ ।

संविधानसभामा प्रश्नावली निर्माण समिति गठनपछि रुष्ट बनेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले उक्त निर्णय फिर्ता नभएसम्म वार्ता नगर्ने बताउँदै आएको छ । देशव्यापी आन्दोलन घोषणा गरेको विपक्षीले संविधानसभाका समेत बहिष्कार गर्दा संविधान निर्माण प्रक्रिया अन्योलग्रस्त छ ।


  •  
  •  
  •