४७ सालको संविधानको खोस्टो ल्याउने चलखेल भैरहेको छ : भट्टराई

325
  •  
  •  
  •  

काठमाडौ, ६ माघ (ओएनएस) : एमाओवादीका नेता डा. बाबुराम भट्टराईले २०४७ सालको संविधान ब्यूँताउने चलखेल भैरहेको भन्दै त्यसकोबिरुद्ध आन्दोलन गरेको बताएका छन् ।

एमाओवादी नेतृत्वको मोर्चाले मंगलबार आह्वान गरेको बन्दलाई समापन गर्ने क्रममा भट्टराईले जनताको संविधान ल्याउन नदिने षड्यन्त्रबिरुद्ध सडक र सदनबाट आन्दोलन गरेको बताए । उनले भने ‘ ४७ सालमा आर्यघाटमा सेलाएका भूतहरु फेरि जाग्न थालेको छन् । अब सडक र सदनबाट बिद्रोह हुन्छ । ४७ सालको संविधान खोस्टो ल्याउन खोजेकोले हामीले बिद्रोह सुरु गरेको छौं ।’

त्यसअघि प्रचण्डका प्रहरी र प्रदर्शनकारीबीच झडप सुरक्षा गार्ड पनि घाइते भएपछि भट्टराईले मात्र सम्बोधन गरे । संविधानसभा भवनबाट नाराबाजी गर्दै बाहिर निस्केका सभासदहरु बिजुलीबजारबाट बबरमहलतर्फ अघि बढेको देखेपछि त्यसतर्फ प्रदर्शनकारी जान खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपमा परि एमाओवादी सभासद तथा नेता जनार्दन शर्मा र रुपा महर्जन लाययत दर्जनौ घाइते भएका छन् ।

 janardan sharma

शर्माको टाउकोबाट रगत बगेको छ । उनलाई तत्काल अस्पतालतर्फ लगिएको छ । प्रदर्शकारीले हुलदंगा गर्दै आफ्नो नेतातर्फ जान खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु प्रहरीमाथि नै जाइलागेका छन् । त्यसक्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

झडपपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यस क्रममा प्रहरीले सुरक्षा दिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्राईलाई प्रदर्शकारीतर्फ लागेको थियो । नेताहरुले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम थियो ।

नारावाजी गर्दै संविधानसभाबाट बाहिर निस्केका नेता तथा सभासद्हरु देखेपछि बिजुलीबजारमा प्रहरीले रोकेर राखेको प्रदर्शनकारी अघि बढ्न खोज्दा झडप भएको छ । प्रदर्शनकारीलाई प्रहरीले छेक्न खोज्दा झडप भएको हो ।


  •  
  •  
  •