भट्टराईलाई प्रचण्डको सुझाव ‘कि पार्टी फुटाउ कि मिल्न आउ’

341
  •  
  •  
  •  

काठमाडौं, असार २३ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बाबुराम भट्टराईलाई पार्टी फुटाउने वा मिलाउने विकल्प दिएका छन् । प्रचण्डले विचारका विकास । कार्यदिशमामा प्रष्टता र संगठन व्यवस्थापन गरेर अगाडि बढ्न वा पार्टी फुटाउन भट्टराईलाई सुझाव दिएका हुन् ।
स्थायी समिति सलस्यले औपचारिक बैठक स्थगित गरी प्रचण्डले भट्टराईसँग छलफल गर्न बोलाएको अनौपचारिक बैठकमा यी दुई विकल्प प्रस्ताव गरेका हुन् । पार्टी फुटाउने विकल्प काम लाग्दैन, त्यसैले मिलेर जानुको विकल्प छैन आफ्नै निवास लाजिम्पाटमा भएको सात घन्टा लामो छलफलमा प्रचण्डले भनेका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार भट्टराईले आफूले पार्टी फुटाउन नचाहेको बरु पार्टीलाई वैकल्पिक शक्रिका रुपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले छलाङ मार्नुपर्ने, क्रमभंग गर्नुपर्ने, नयाँ विकल्प दिनुपर्ने, विचारको विकास गर्नुपर्ने, अधिनायकवाद लादन नहुने र निषेधको राजनीति गर्न नहुने बताएका थिए ।

अन्नपूर्ण पोस्ट दैनिक


  •  
  •  
  •